जेठ २५ गतेभित्रै कर बुझाउनुपर्ने अर्थ मन्त्रालयको उर्दीप्रति करदाता आक्रोशित « Khabarhub

जेठ २५ गतेभित्रै कर बुझाउनुपर्ने अर्थ मन्त्रालयको उर्दीप्रति करदाता आक्रोशित


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गते चैत ११ गतेदेखि जारी ‘लकडाउन’ले मानिसहरु घरमै थुनिएर बस्न बाध्य छन् । उद्योग व्यवसाय, कलकारखाना सबै बन्द छन् ।

सबै व्यवसाय बन्द गरेर बसेका व्यवसायीहरूलगायतका करदातालाई लक्षित गर्दै सरकारले आगामी जेठ २५ गतेभित्र सबै कर दाखिला गर्न आग्रह गरेको छ । कर नतिरे जरिबाना लगाउने चेतावनी पनि दिएको छ। यसरी व्यवसाय सरकारले घोषणा गरेको लकडाउनलाई सहयोग गर्दा बन्द गर्नुपरेको भन्दै व्यवसायीले कसरी कर तिर्ने भन्दै आक्रोश पोखेका छन् ।

राज्यले सामान्य अभिभावकको भूमिका पनि बिर्सिएको भन्दै उनीहरुले कुनै हालतमा कर दाखिला गर्न नसक्ने बताएका छन् । गत चैत ११ गतेदेखि लागू भएको लकडाउनका कारण उद्योगधन्दा बन्द रहेको र आर्थिक गतिविधि ठप्प रहेको जानकारी नेपाल सरकारलाई छ ।

तर, उद्योगी–व्यवसायीले झेल्नुपरेको संकट थाहै नपाएजस्तो गर्दै अर्थ मन्त्रालयले द्धिमासिक तथा आवधिक भुक्तानी जेठ २५ गतेभित्रै गर्नुपर्ने सूचना जारी गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सरकारको अव्यावहारिक कदमले व्यवसायीलाई मार पर्ने भन्दै आक्रोश पोखे ।

यतिमात्र होइन, जेठ २५ गतेभित्र कर नबुझाए जरिवाना गर्ने चेतावनीसमेत सरकारले दिएको छ । यो प्रावधानले सरकारले अभिभावकको भूमिका बिर्सिएको टिप्पणी व्यवसायीको छ ।

लकडाउनका कारण बन्दप्रायः रहेका उद्योगधन्दाले कर्मचारीलाई पारिश्रमिकसमेत भुक्तान गर्न नसक्ने अवस्थामा पुगेको बेला कर कसुलीमा कस्ने सरकारी कदम अव्यावहारिक रहेको नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर बताउँछन् ।

तत्काल कर भुक्तानी सम्भवै नहुने उनको भनाइ छ । सरकारले लकडाउनको अवधिमा खोल्ने भनेका उद्योगहरुसमेत सञ्चालनमा आउन सकेका छैनन् ।

श्रमिकलाई पारिश्रमिकसमेत दिन नसकेका अधिकांश बन्द उद्योगसँग कर असुल्ने आफ्नै निर्णय कार्यान्वयन गर्न सरकारलाई निकै कठिन हुने देखिन्छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ९ : ३६ बजे

आशिकालाई प्रश्न : हिजो किन रिसाउनु भयो ? जवाफमा भनिन् : पिशाव फेर्न जान नपाउनू

काठमाडौं- मंगलबार बसेकव प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालसँग रिसाएर हिँडेकोबारे

स्वर्णिमले बिजुलीमा भ्याट लगाए, अब विराजभक्तले महसुल घटाउँदै

काठमाडौं- चालु आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिजुलीमा

वालेन्द्रको खोजी भएपछि रविको जवाफ : कुरा गरेको छु, अर्को बैठकदेखि आउनुहुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् संसदीय

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री