अष्ट्रेलिया र न्युजिल्याण्डका १२ सय नेपाली स्वदेश फर्कन तयार « Khabarhub

अष्ट्रेलिया र न्युजिल्याण्डका १२ सय नेपाली स्वदेश फर्कन तयार


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अष्ट्रेलिया र न्युजिल्याणमा रहेका १२ सय नेपाली स्वदेश फर्कन तयार भएका छन् ।

कोरोनाका कारण अष्ट्रेलिया र न्युजिल्याण्डमा अप्ठ्यारोमा परेका १२ सय नेपालीले तत्काल नेपाल फर्कन माग गर्दै क्यानबेरास्थित नेपाली दुतावासले उपलब्ध गराएको फारम भरेका छन् ।

सरकारले स्वदेश फर्कन चाहने नेपालीलाई विवरण बुझाउन अनुरोध गरेपछि क्यानवेरास्थित नेपाली दूतावासले गत मे २९ तारिखमा नेपाल फर्कि हाल्नुपर्ने कारण खुलाएर अनलाईन फारम भर्न सूचना जारी गरेको थियो ।

फारम भर्ने अन्तिम दिन जुन २ तारिख साँझ ५ बजेसम्म १२ सय जना नेपालीले नेपाल फर्कन माग गर्दै अनलाईन फारम भरेको राजदूत महेशराज दाहालले जानकारी दिए ।

उनीहरूलाई अब विभिन्न चरणमा उद्दार गरिने बताइएको छ । मार्च २५ तारिखदेखि अष्ट्रेलियाले अन्तराष्ट्रिय उडान बन्द गरेर लकडाउन सुरु गरेको थियो ।

हवाई उडान बन्द भएपछि कार्यक्रममा भाग लिन आएका, छोराछोरी भेट्न आएका तथा विभिन्न भिजिट भिसामा आएका नेपालीहरु अष्ट्रेलिया र न्युजिल्याण्डमा फसिरहेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ९ : ५९ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि