लकडाउनमा पुलमुनि भब्य पार्टी, सामाजिक दुरी बनाएर डान्स (भिडियोसहित) « Khabarhub

लकडाउनमा पुलमुनि भब्य पार्टी, सामाजिक दुरी बनाएर डान्स (भिडियोसहित)


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहिँ सामाजिक सञ्जालमा यस्ता भिडियो भाइरल हुन्छन्, जसलाई हेर्दा मात्र मानिस अचम्भित हुने गर्दछ ।

अहिले सामाजिक सञ्जालमा यस्तै एक भिडियो भाइरल बनेको छ । जसलाई हेरेर धेरै मानिस अचम्भित भएका छन् साथै रुचाएका पनि छन् ।

विश्वभर कोरोना भाइरसको संक्रमणको बढ्दो महामारीका कारण ६४ लाख ५२ हजारभन्दा बढि मानिस संक्रमित छन् भने ३ लाख ८२ हजारभन्दा बढि मानिसको मृत्यु भइसकेको छ ।

जसका करण अधिकाशं देशमा सर्तकता भन्दै लकडाउनको घोषणा गरिएको छ । जहाँ मानिसहरु सामाजिक दुरीमा रहने गर्दछन् । तर यहिबीच भाइरल भिडियोमा एक साथ कैयौं मानिस जमेर पार्टी गरिरहेको देखिन्छ । तर यसमा रोचक पक्ष के छ भने सबैले सामाजिक दूरीको नियमलाई पालना गरेका छन् ।
भिडियो हेर्नुहोस्

आम अवस्थामा मानिस डान्स गर्दा एकअर्कासंग नजिक हुन्छ । तर भाइरल भिडियोमा प्रष्ट देख्न सकिन्छ । एउटा पुलको मुनि कैयौं मानिस जम्मा भई भब्य रुपमा डान्स गर्दै पार्टी गरिरहेका छन् । तर सबैजना वर्गाकार क्षेत्रभित्र रहेर सामाजिक दुरीलाई पालना गर्दै डान्स गर्दै पार्टीमा सहभागी छन् ।

यो भिडियो कुन देश वा क्षेत्रको हो यसबारे केहि उल्लेख छैन । तर यसलाई ट्वीटरमा नेदरल्याण्डका एक ब्यक्तिले शेयर गरेका छन् । र उनले क्याप्सनमा लेखेका छन्, नयाँ दुनिँयामा स्वागत छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १० : १७ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको