डा. केसीले तोडे अनसन « Khabarhub

डा. केसीले तोडे अनसन


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले अनसन तोडेका छन् ।

दार्चुलाको सदरमुकाम खलंगामा हिजोदेखि अनसन बसेका डा केसीले आज विज्ञप्ति जारी गर्दै आफूले अनसन तोडेको जानकारी दिएका हुन् ।

डा केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दार्चुलाका सदरमुकाम खलंगामा अवस्थित जगन्नाथ मन्दिरको प्रसाद ग्रहण गर्दै पूर्व घोषित दुई दिने सत्याग्रह अन्त्य गरेका छौं । यस पटक विभिन्न किसिमबाट सहयोग गर्नुहुने सबैलाई मेरो हृदयदेखि धन्यवाद ।”

डा केसीले १८ औं अनसनको माग भारतले मिचेको सिमा फिर्ता हुनुपर्ने, आफ्ना अघिल्ला अनसनहरुको माग पूरा हुनुपर्ने लगायतका तीन वुँदे माग राखेर दुई दिने अनसन बसेका थिए ।

डा केसीले दार्चुलालगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुपर्ने गुणस्तरीय स्वास्थ्य शिक्षा र रोजगारीको व्यवस्था हुनुपर्ने,  भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने,  गण्डकी प्रदेश लगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुतगतिमा अघि बढाउनुपर्ने, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउनुपर्ने, कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था हुनुपर्ने माग राखेर दुई दिने अनसन बसेका थिए ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ५ : ५७ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण