डा. केसीले तोडे अनसन | Khabarhub Khabarhub

डा. केसीले तोडे अनसन


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले अनसन तोडेका छन् ।

दार्चुलाको सदरमुकाम खलंगामा हिजोदेखि अनसन बसेका डा केसीले आज विज्ञप्ति जारी गर्दै आफूले अनसन तोडेको जानकारी दिएका हुन् ।

डा केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दार्चुलाका सदरमुकाम खलंगामा अवस्थित जगन्नाथ मन्दिरको प्रसाद ग्रहण गर्दै पूर्व घोषित दुई दिने सत्याग्रह अन्त्य गरेका छौं । यस पटक विभिन्न किसिमबाट सहयोग गर्नुहुने सबैलाई मेरो हृदयदेखि धन्यवाद ।”

डा केसीले १८ औं अनसनको माग भारतले मिचेको सिमा फिर्ता हुनुपर्ने, आफ्ना अघिल्ला अनसनहरुको माग पूरा हुनुपर्ने लगायतका तीन वुँदे माग राखेर दुई दिने अनसन बसेका थिए ।

डा केसीले दार्चुलालगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुपर्ने गुणस्तरीय स्वास्थ्य शिक्षा र रोजगारीको व्यवस्था हुनुपर्ने,  भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने,  गण्डकी प्रदेश लगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुतगतिमा अघि बढाउनुपर्ने, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउनुपर्ने, कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था हुनुपर्ने माग राखेर दुई दिने अनसन बसेका थिए ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ५ : ५७ बजे

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई