कोरोना संक्रमण त्रास : स्थानीयको आक्रमणपछि आधा जलेको शव बोकेर भागे मृतकका आफन्त « Khabarhub

कोरोना संक्रमण त्रास : स्थानीयको आक्रमणपछि आधा जलेको शव बोकेर भागे मृतकका आफन्त


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका एक जनाको अन्तिम संस्कार भइरहेका बेला स्थानीयले आफन्तमाथि आक्रमण गरेका छन् ।

हिन्दूस्तान टाइम्सले जनाए अनुसार ७२ वर्षका एक पुरुषको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो ।

मृत्युपछि उनको अन्तिम संस्कार गर्नको लागि मसान घाटमा लगियो र अन्तिम संस्कारको तयारी पनि भयो । तर, कोरोना भाइरसको संक्रमण फैलिने त्रासले स्थानीयले यसको विरोध गर्न थाले ।

अन्तिम संस्कारको लागि जाँदा परिवारसँगै प्रशासनका अधिकारी पनि थिए । अन्तिम संस्कारको प्रक्रिया सुरु हुनासाथ स्थानीयले यसको विरोध गरेका थिए ।

मृतकको शव जलाउन लाग्दा स्थानीयले लाठी, डण्डा र ढुंगाले प्रशासनका अधिकारी र मृतकका परिवारमाथि आक्रमण गरेको जनाइएको छ ।

स्थानीयको आक्रमणपछि परिवार र अधिकारीलाई बचाउनको लागि मृतकको आधा जलेको शव लिएर आफन्तहरु त्यहाँबाट भाग्न बाध्य भएको जनाइएको छ ।

मृतकका छोराले भने ‘हामी एक राजश्व अधिकारी र एक मेडिकल टिमसँग अन्तिम संस्कारको लागि निर्धारित स्थानमा गएका थियौं । दामान क्षेत्रको एक आर्यघाटमा चितामा शव जलाउँदै गर्दा ठूलो संख्यामा स्थानीय त्यहाँ पुगे र अन्तिम संस्कार रोक्न लागे ।’

दाहसंस्कारमा मृतककी पत्नी, दुई छोरा र नजिकका आफन्त मात्र थिए ।

उनीहरुले ज्यान बचाउन आधा जलेको शवलाई एम्बुलेन्समा लिएर भागेको हिन्दूस्तान टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ८ : १० बजे

हलमा लाग्ने फिल्मलाई काइदा : शुक्रबारदेखि बिदै बिदा

काठमाडौं – लामा सार्वजनिक बिदा हलमा रहेको फिल्मका लागि सुखद

भदौ २३ गते जेन-जी सहिद दिवस मनाउने सरकारको निर्णय*

काठमाडौं- सरकारले भदौ २३ गते जेन-जी सहिद दिवसका अवसरमा बिदा

सरकारका ७ निर्णय : भोटेकोशी बाढीपीडितलाई राहतदेखि जेन-जी सहिद दिवसमा सार्वजनिक बिदासम्म

काठमाडौं- सरकारले भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितलाई राहत तथा

नीता ‘एक्लो छु’ भन्ने, दीपकसँग भिड्न सन्तोष सेन आइपुग्ने !

काठमाडौं – फिल्मले सन्तोषजनक व्यापार नगरेपछि नायक-नायिका र निर्माताले ‘म

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुरुङभित्र फसेका नागरिक जिउँदै छन्, सरकार उद्धार गर्न किन जाँदैन ?’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी