कोरोना संक्रमण त्रास : स्थानीयको आक्रमणपछि आधा जलेको शव बोकेर भागे मृतकका आफन्त « Khabarhub

कोरोना संक्रमण त्रास : स्थानीयको आक्रमणपछि आधा जलेको शव बोकेर भागे मृतकका आफन्त


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका एक जनाको अन्तिम संस्कार भइरहेका बेला स्थानीयले आफन्तमाथि आक्रमण गरेका छन् ।

हिन्दूस्तान टाइम्सले जनाए अनुसार ७२ वर्षका एक पुरुषको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो ।

मृत्युपछि उनको अन्तिम संस्कार गर्नको लागि मसान घाटमा लगियो र अन्तिम संस्कारको तयारी पनि भयो । तर, कोरोना भाइरसको संक्रमण फैलिने त्रासले स्थानीयले यसको विरोध गर्न थाले ।

अन्तिम संस्कारको लागि जाँदा परिवारसँगै प्रशासनका अधिकारी पनि थिए । अन्तिम संस्कारको प्रक्रिया सुरु हुनासाथ स्थानीयले यसको विरोध गरेका थिए ।

मृतकको शव जलाउन लाग्दा स्थानीयले लाठी, डण्डा र ढुंगाले प्रशासनका अधिकारी र मृतकका परिवारमाथि आक्रमण गरेको जनाइएको छ ।

स्थानीयको आक्रमणपछि परिवार र अधिकारीलाई बचाउनको लागि मृतकको आधा जलेको शव लिएर आफन्तहरु त्यहाँबाट भाग्न बाध्य भएको जनाइएको छ ।

मृतकका छोराले भने ‘हामी एक राजश्व अधिकारी र एक मेडिकल टिमसँग अन्तिम संस्कारको लागि निर्धारित स्थानमा गएका थियौं । दामान क्षेत्रको एक आर्यघाटमा चितामा शव जलाउँदै गर्दा ठूलो संख्यामा स्थानीय त्यहाँ पुगे र अन्तिम संस्कार रोक्न लागे ।’

दाहसंस्कारमा मृतककी पत्नी, दुई छोरा र नजिकका आफन्त मात्र थिए ।

उनीहरुले ज्यान बचाउन आधा जलेको शवलाई एम्बुलेन्समा लिएर भागेको हिन्दूस्तान टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ८ : १० बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा