सेफिल्ड युनाइटेडसँग टोटेनहम पराजित « Khabarhub

सेफिल्ड युनाइटेडसँग टोटेनहम पराजित


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा सेफिल्ड युनाइटेडसँग टोटेनहम पराजित भएको छ ।

बिहीबार राति घरेलु मैदानमा भएको खेलमा सेफिल्डले टोटेनहलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

सेफिल्डलाई जीत दिलाउन सन्डेर बेर्गे, माउसेट र ओलिभर म्याकब्रुनीले एक एक गोल गरे । टोटेनहमका ह्यारी केनले एक गोल फर्काए ।

खेलको ३१ औं मिनेटमा सन्डेरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६९ औं मिनेटमा माउसेटले गोल गर्दा सेफिल्ड २-० ले अघि रह्यो । ८४ औं मिनेटमा ओलिभरले गोल गर्दा घरेलु टिम ३-० ले अघि रह्यो ।

त्यसपछि खेलको अन्तिम समयमा केनले एक गोल फर्काए पनि टोटेनहम ३-१ ले पराजित भयो ।

जीतसँगै सेफिल्ड लिगको सातौं स्थानमा उक्लिएको छ । सेफिल्डले ३२ खेलमा ४७ अंक जोडेको छ । पराजित टोटेनहम ४५ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ५ : ५० बजे

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न