कोरोना भाइरसले विश्वभर २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक २ लाख ५ हजार संक्रमित « Khabarhub

कोरोना भाइरसले विश्वभर २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक २ लाख ५ हजार संक्रमित


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन अहिलेसम्मकै सर्वाधिक २ लाख ५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ५ हजार ७४५ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ९ लाख ७१ हजार ३०२ पुगेको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ५ हजार ९० छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख २३ हजार १७७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ६१ लाख ३४ हजार ६१५ पुगेको छ भने ४३ लाख १३ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९२ हजार ५६४ जनाको मृत्यु भएको छ ।

२४ लाख ४० हजार ६२५ जना संक्रमित भएकोमा १३ लाख ९७ हजार ५०६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७१ हजार ९५६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३३ लाख ३ हजार ८१३ पुगेको छ । त्यसमध्ये १४ लाख ४९ हजार ५३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ५८ हजार ८८९ जनाको मृत्यु भएको छ । २४ लाख १९ हजार ८४८ जना संक्रमित भएकोमा १६ लाख ८ हजार ९६६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ८८ हजार ९६५ जनाको मृत्यु भएको छ । २३ लाख ६२ हजार २१० जना संक्रमित भएकोमा १४ लाख ५९ हजार ६५१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा १० हजार ६२२ जनाको ज्यान गएको छ भने ४ लाख ३४ हजार ४४२ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ९ हजार ६१६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार ६४६ जना संक्रमित भएकोमा ८ हजार ६८७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ६ : २४ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर