सांसद पाठकको क्षेत्रको ७९ लाख बागलुङका तीन स्थानीय तहको कोरोना कोषमा « Khabarhub

सांसद पाठकको क्षेत्रको ७९ लाख बागलुङका तीन स्थानीय तहको कोरोना कोषमा


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद डा.सूर्य पाठकको सांसद विकास कोषतर्फको खर्च नभएको बजेट कोरोना कोषमा जम्मा भएको छ ।

नेपाल सरकारको अर्थ मन्त्रालयको निर्णयअनुसार विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण आफ्नो निर्वाचन क्षेत्रका चार पालिकामा विनियोजन भएको छ करोडमध्ये खर्च नभएको रकम सम्बन्धित स्थानीय तहको कोरोना कोषमा जम्मा गरिएको हो ।

‘बागलुङ क्षेत्र नम्बर १ भित्रका चार पालिकामध्ये तीन पालिकामा झण्डै एक करोड रकम बचत हुन आएको छ’, सांसद पाठकले भने, ‘कोरोना रोकथाम, उपचार नियन्त्रण तथा व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले तत्कालै कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत स्थानीय तहमा रकम जम्मा भएको छ ।’

बागलुङ क्षेत्र नम्बर १ अन्तर्गतको स्थानीय तह पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका तीन स्थानीय तहमा बचत भएको रकम बागलुङ नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकाको कोरोना कोषमा जम्मा गर्न जिल्ला समन्वय समिति बागलुङको निर्णयसहित कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङमा असार १५ गते नै पत्रचार गरिएको थियो ।

स्थानीय तहले कोरोना व्यवस्थापन गर्न नसकेको सन्दर्भ र सांसद विकास कोषमा खर्च हुन नपाएको रकमलाई कोरोना व्यवस्थापनमा लगाइँदा क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापन भएको हो ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ८ : ३१ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति