सुदूरपश्चिममा कोरोनाको संक्रमण दर उच्च « Khabarhub

सुदूरपश्चिममा कोरोनाको संक्रमण दर उच्च


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – बिहीबार एकै दिन ३३३ जना कोरोना सङ्क्रमित थपिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ९३३ पुगेको छ ।

प्रदेशको एकै दिन १३८ जना नयाँ संक्रमित थपिएपछि कैलालीमा मात्रै संक्रमितको संख्या ८७४ पुगेको छ ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार बिहीबारसम्म कञ्चनपुरमा ३५१, डोटीमा ४७३, डडेलधुरामा २३०, बाजुरामा ३३७ बैतडीमा २३६, बझाङमा १२७, अछाममा २८८ र दार्चुलामा १७ जना संक्रमित पुगेको बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, सेती प्रादेशिक अस्पताल र वीरअस्पतालमा गरिएको नमूनाको परीक्षणमा बिहीबार एकै दिन सुदूरपश्चिम प्रदेशका ३३३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

बिहीबार बझाङबाट २०, कैलालीबाट चार, अछामबाट १६, डोटीबाट ३० गरी ७० जना डिस्चार्ज भई हालसम्म जम्मा डिस्चार्ज हुनेको सङ्ख्या ५६१ पुगेको छ ।

कोभिड–१९ का कारण सुदूरपश्चिम प्रदेशमा हालसम्म छ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा कोभिड–१९ को संक्रमणको दर प्रदेशमा ह्वात्तै बढ्दै गएको छ ।

प्रदेशमा पहिलोपटक गएको चैत १४ गते पहिलो कोरोना संक्रमित भेटिएका थिए ।

वैशाख महिना शुरु हुँदासम्म पाँच जना सङ्क्रमित फेला परेकामा त्यस पछि झण्डै एक महिनासम्म नयाँ संक्रमणको दर स्थिर रहेको थियो तर कोरोना संक्रमित देश भारतबाट फर्किने नेपाली बढ्दै जाँदा प्रदेशमा संक्रमणको दर बढ्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ ।

हालसम्म पीसीआर पद्धतिबाट २० हजार ९९६ को स्वाबको नमूना जाँच भइसकेकोमा तीन हजार ६७९ नमूनाको नतिजा आउन बाँकी छ ।

यस्तै आरडीटी पद्धतिबाट हालसम्म एक लाख १३ हजार ८९३ नमूनाको जाँच भइसकेको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ९ : १४ बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही