सलह किरा रोकथाम गर्न नेपालमै बनेको ड्रोनको सफल परीक्षण « Khabarhub

सलह किरा रोकथाम गर्न नेपालमै बनेको ड्रोनको सफल परीक्षण


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सलह किरा रोकथामको लागि नेपालमै बनेको ड्रोनको सफल परीक्षण गरिएको छ ।

कृषि ज्ञान केन्द्र चितवन, भेजिटेबल क्रप्स डेभल्पमेन्ट सेन्टर र मधुका ड्रोन सर्भिसेसको सहकार्यमा मधुका कृषक ड्रोनको सफल परीक्षण गरिएको हो ।

मधुका कृषक ड्रोनको सहयोगले किटनाशक औषधि छर्केर सलह किरा रोकथाम गर्न सकिने मधुका ड्रोन सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत शम्भु शिवाकोटीले जानकारी दिए ।

एकपटकमा किटनाशक औषधि बोक्ने क्षमता २५ केजी भएपनि पहिलो पटक १० केजी राखेर परीक्षण गरिएको उनले बताए ।

अहिले परीक्षण गरेको ड्रोन भर्सन वान रहेको र यसलाई भर्सन टुमा अपग्रेड गर्नको लागि बाहिरबाट मगाएको सामग्रीहरु लकडाउनले गर्दा रोकिएको उनले बताए ।

स्प्रे गर्दा ६ वटा मोटर चल्ने भएकाले यसको साउन्ड पनि ठूलो हुन्छ र जसले गर्दा सलह किरा भगाउन सकिने छ । साथै साउन्डको लागि स्पीकरलाई ड्रोनमा राखेर पनि बजाउन सकिने छ ।

मधुका ड्रोन सर्भिसेसले बनाएको यो ड्रोन सलह किरा रोकथामको लागि मात्र नभएर अन्य प्रयोजनका लागि पनि उपयोगी हुने उनले बताए ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ९ : २५ बजे

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ