बैंकिङ कसूरमा २ जना पक्राउ « Khabarhub

बैंकिङ कसूरमा २ जना पक्राउ


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बैंकिङ कसूर मुद्दाका फरार व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइवी) को टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरको मध्यपुरथिमी–७ बस्ने ४१ वर्षीय राम ज्यापु र काठमाडौँ बूढानीलकण्ठका प्रकाश बुढाथोकी रहेका छन् ।

रामविरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले गत भदौमा ११ लाख ५० हजार जरिवाना र तीन दिन कैद हुने ठहर गरेको थियो ।

सोही मुद्दामा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–११ पैयूँटार बस्ने ४४ वर्षीय प्रकाश बुढाथोकीलाई पनि बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उनलाई अदालतबाट १० लाख ५० हजार रूपैयाँ जरिवाना र सात दिन कैद हुने ठहर भएको थियो ।

उनीहरूले आफ्नो खातामा रकम मौज्दात नभएको भन्ने जानीजानी चेक काटी दिएकोमा बैंकमा सो चेकबाट रकम भुक्तान हुन नसकी चेक बाउन्स भएको थियो ।

पक्राउ परेका दुवै जानालाई कैद भुक्तानको लागि बिहीबार केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ९ : २६ बजे

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ