आफ्नो समर्थनमा सडक आन्दोलन गर्न ओलीको निर्देशन ! | Khabarhub Khabarhub

आफ्नो समर्थनमा सडक आन्दोलन गर्न ओलीको निर्देशन !


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा आन्दोलन गर्न आफू निकटका युवा र विद्यार्थीलाई निर्देशन दिएका छन् ।

बिहीबार साँझ प्रधानमन्त्री निवास बालु्वाटारमा आफू निकटका युवा तथा विद्‍यार्थी नेतालाई बोलाएर आफूलाई घेराबन्दी पार्ने षड्यन्त्र भैरहेको भन्दै आन्दोलन गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न राष्ट्रिय युवासंघ का सहसंयोजक रमेश पौडेल, बच्चन सिंहलगायत बालुवाटार पुगेका थिए ।

त्यस्तै, अनेरास्ववियुका संयोजक ऐन महर, नेताहरु रश्मी आचार्य, रोशन बस्नेत, किरण पौडेल लगायतका नेता पनि छलफलमा सहभागी थिए ।

छलफलमा प्रधानमन्त्री ओलीसंगै प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल पनि थिए ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ११ : २२ बजे

कांग्रेस सदैव मजदुरको हकहितमा : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई

च्याम्पियन्स लिग : रियल मड्रिड र बायर्न म्युनिखको बराबरी

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र

आईपिएलको छायामा भारतको विश्वकप टिम घोषणा

आज अर्थात् मे १ विश्वकप टी-२० क्रिकेटका लागि छनोटको अन्तिम

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट

काभ्रे– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५