लकडाउनका बेला महिला हिंसाका घटना बढे « Khabarhub

लकडाउनका बेला महिला हिंसाका घटना बढे


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेमा बन्दाबन्दीको अवधिमा महिला हिंसाका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा पछिल्लो ३ महिनायता जिल्लामा हिंसाका घटना बढेको पाइएको छ । प्रहरीका अनुसार चालू आर्थिक वर्षको चैत्र ११ गतेदेखि असार १ गतेसम्म बाँकेमा ५२ वटा घरेलु हिंसाको ठाडो उजुरी परेको छ ।

त्यसमध्ये ४४ जना महिला पीडित छन् । आठ जना पुरुषले घरेलु हिंसामा परेको उजुरी दिएका छन् । ठाडो उजुरी धेरै आए पनि त्यस्ता उजुरी मुद्दा प्रक्रियामा गएका छैनन् । जिल्लामा एक जना महिलाले मात्रै घरेलु हिंसासम्बन्धी मुद्दा दायर गरेका छन् भने यो अवधिमा सात वटा जबरजस्ती करणीका घटना भएका छन् । त्यसमा पाँच बालिका र दुई महिला पीडित छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाँकेको इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक श्यामकुमारी पाइजा मगरले घरभित्र र आफन्तबाट हिंसा भोगेका महिला धेरै आएको बताइन् ।

“प्रहरीमा घरेलु हिंसा पीडित महिलाहरू ठाडो उजुरी लिएर आउने गरेका छन्”, उनले भनिन्, “तर मुद्दा प्रक्रियामा जाँदैनन् । छलफल र मेलमिलापमा जाने गरेका छन् ।’

यस अवधिमा दुई बालक, दुई बालिका र तीन महिला गरी सात जना हराएका छन् । तीन बालक, एक बालिका र एक महिला गरि पाँच जनालाई बेवारिसे अवस्थामा फेला पारिएको छ । एक बालक र दुई जना महिला गरी तीन जनाले आत्महत्या गरेका छन् । कर्तव्य ज्यानसम्बन्धी तीन वटा घटना दर्ता भएका छन् ।

बन्दाबन्दीको अवस्थामा देवानी प्रकृतिको मुद्दा लिइएन । अदालत पूर्णरुपमा बन्द भएकाले सरकारवादी अर्थात् फौजदारी मुद्दामा पनि खासै ध्यान दिइएन । यसले पीडित झनै पिडामा परेको अधिवक्ता वसन्त गौतमले बताए । उनले भने, ‘सुरक्षाकर्मीले पनि हिंसाको गहिरो अनुसन्धान गर्न नसकेको अवस्था छ ।’

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  २ : ३८ बजे

सम्हालियो ‘लालीबजार’, ‘मालती मंगले’ फ्लप हुँदा रामकृष्णलाई तनाव

काठमाडौं – वैशाख २५ बाट प्रदर्शनमा आएका फिल्म दुई फिल्म

मतदाता नामावली अद्यावधिक गर्न प्रतिस्थापन विधेयक ल्याएका हौँ : मन्त्री गौतम

काठमाडौं– सरकारले निर्वाचनसम्बन्धी दुईवटा विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेको छ ।  

निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय

सामसुङमा तलब विवाद चर्किँदा १८ दिने हडतालको चेतावनी

सियोल – दक्षिण कोरियाको प्रविधि क्षेत्रको अग्रणी कम्पनी सामसुङ इलेक्ट्रोनिक्समा तलबसम्बन्धी

दोलखाका ९ स्थानीय तहको बेरुजु ११ करोड १४ लाख

दोलखा– जिल्लाका ९ स्थानीय तहहरुको बेरुजु सार्वजनिक भएको छ ।