धुम्बाराहीमा युवा नेताको धर्ना, एकतालाई बचाएर लैजान नेतामाथि दबाब « Khabarhub

धुम्बाराहीमा युवा नेताको धर्ना, एकतालाई बचाएर लैजान नेतामाथि दबाब


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा आन्तरिक विवादमा फसेपछि विवाद समाधान गर्न शीर्ष तह छलफलमा जुटेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

छलफलमा दुई नेताबीच पार्टी एकताको मर्म अनुसार अघि बढ्ने समझदारी भएको छ ।

बालुवाटारको बैठकअघि नेकपाका दोस्रो पुस्ताका नेताहरूले पार्टी एकतालाई बचाएर लैजान नेताहरूमाथि दबाब सिर्जना गरेका थिए ।

बालुवाटारमा अध्यक्षद्वयको वार्ता चलिरहेको समयमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा युवा नेताहरूले मिल्नका लागि दबाब दिएका छन् ।

केन्द्रीय सदस्यहरू डा. विजय पौडेल, जगन्नाथ खतिवडा, हिमाल शर्मा, रामकुमारी झाँक्री, युवा संघका अध्यक्ष दीपशिखा लगायतका नेताहरू धुम्बाराहीमा भेला भएर धर्नामा बसेका हुन् ।

शनिवार बस्ने स्थायी कमिटीको बैठकअघि नै सहमतिका लागि अधिकतम पहल गर्ने नेताहरूले बताउँदै आएका छन् । दोस्रो तहका नेताहरुले पनि विवादको हल खोज्न भन्दै सिंगो पार्टीलाई बचाएर अघि बढाउन नेतृत्वलाई दबाब दिएका छन् ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ३ : २७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका