विवादमा आउँदा सधै चुप हमाल ! « Khabarhub

विवादमा आउँदा सधै चुप हमाल !


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमालको व्यक्तित्वको धेरैले चर्चा गर्छन् । कोारोना भाइरसले निम्त्याएको महामारीका बेला हमाल घरमै रहे । सामाजिक सञ्जालमा पनि हमालको सक्रियता उत्तिकै रह्यो । तर, खासै चर्चा भएन ।

एक अन्तर्वार्ताका क्रममा हमाललाई ‘महानायक’ बनाइदिएको पत्रकारले हो भनेर हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौलाले अभिव्यक्ति दिएपछि भने हमाल पुनः चर्चामा छन् ।

हमाल महानायक हुन् या होइनन् भन्ने विषयमा सामाजिक सञ्जालमा बहस नै सिर्जना भयो । हमालका फ्यानले दीपाश्री निरौलालाई गाली गरे । कतिले ट्रोल पनि बनाए ।

त्यसपछि दीपाश्रीले सामाजिक सञ्जाल फेसबूकमार्फत फ्यानसँग माफी मागेकी छिन् । दीपाश्री विवादमा आएपछि अर्का कलाकार दीपकराज गिरीले पनि सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।

उनको स्टाटसपछि कतिले गिरीलाई ‘महानायक’ भन्दै व्यङ्ग्य गर्न थालेका छन् ।

यसैबीच हमालले शुक्रवार दुई तस्वीर शेयर गर्दै लेखेका छन् – तपाईंको जीवनको खुशी तपाईंको विचारहरुमा निर्भर गर्दछ ।

उनले थपेका छन्, ‘तपाईं आफ्नो सोचको उत्पादन हो ।’

हमालको यो भनाइलाई उनका फ्यानले दीपकराज गिरी र दीपाश्री निरौलाको अभिव्यक्तिप्रति जोडेर हेरेका छन् । धेरैले त दीपाश्रीलाई व्यङ्ग्य गर्दै यो स्टाटस लेखेको समेत अड्कल काटेका छन् ।

त्यसो त हमालको यो ‘महानायक’ को उपाधि बेलाबेलामा विवादमा आउने गर्छ । कहिलेकाहीँ महानायक राजेश हमाल कि भुवन केसी या अरु भन्नेमा पनि बहस हुने गर्छ ।

यद्यपि हमालले भने आफूले पाएको यो उपाधि विवादमा आउँदा खासै प्रतिक्रिया जनाउँदैनन् । उनी चुप रहे पनि हमाल र महानायकको उपाधिबीच बारम्बार बहस भने हुने गर्छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ६ : ३६ बजे

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

हेटौँडा– शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर