बेलायत प्रवेश गर्दा ५० मुलुकका पर्यटकलाई क्वारेन्टाइनको व्यवस्था खारेज | Khabarhub Khabarhub

बेलायत प्रवेश गर्दा ५० मुलुकका पर्यटकलाई क्वारेन्टाइनको व्यवस्था खारेज


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोनाभाइरसका कारण बढी प्रभावित यूरोपेली मुलुकहरू फ्रान्स, इटली र स्पेनसहितका ५० मुलुकसँगको अवागमनलाई थप सहज पार्दै त्यहाँबाट बेलायत आउने पर्यटकका लागि यही जुलाई १० देखि क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्थाको अन्त्य गरेको बेलायत सरकारले शुक्रवार जानकारी गराएको छ । तर अमेरिकाका लागि भने यो व्यवस्थालाई निरन्तरता दिइएको छ ।

यद्यपि स्कटल्याण्ड, वेल्स, नर्दन आयरल्याण्डले भने यस विषयमा आफ्नै किसिमले निर्णय गर्ने सरकारले जनाएको छ ।

बेलायतका यातायात मन्त्री ग्र्यान्ट शेप्सले भने, ‘विदेशबाट आउने व्यक्तिका लागि दुई हप्तासम्म क्वारेन्टिनमा बस्नुपर्ने जुनमा व्यवस्था गरिएको नीतिलाई परिवर्तन गर्दै ती मुलुकबाट जुलाई १० देखि इङ्ल्याण्ड प्रवेश खुला गरिन लागेको जानकारी गराए ।’

शेप्सले भने, ‘प्रवेशका लागि खुला गरिएका ५० मुलुकहरूको विवरण शुक्रबार नै सरकारले उपलब्ध गराउनेछ ।’

सरकारले कोरोना भाइरस महामारीबीच विभिन्न मुलुकबाट आउने पर्यटकलाई ट्राफिक लाइट प्रणाली अन्तर्गत रातो, पहेँलो र हरियो रङमा विभक्त गरी सोही अनुसार जोखिम न्यूनीकरणका उपायको अवलम्वन गर्ने बताएको छ ।

हरियो र पहेँलो रङमा परेका मुलुकबाट इङ्ल्याण्ड आउँदा सेल्फ–आइसोलेसनमा बस्नु नपर्ने भएको छ भने रातोमा पर्नेलाई पूरानै नियम अर्थात् १४ दिनसम्म आइसोलेसनमा बस्नुपर्नेछ ।

बेलायतभन्दा कम प्रभावित मुलुकलाई हरीयो र बढी प्रभावित तर पछिल्लो समय सङ्क्रमण नियन्त्रण उन्मुख रहेका मुलुकलाई पहेलोमा राखिने मन्त्री शेप्सले बताए ।

पहेँलोमा पर्ने मुलुकहरूमा फ्रान्स, इटाली र स्पेनलगायतलाई विदामा इङ्ल्याण्ड आउन खुला गरिएको छ । त्यहाँबाट बेलायतमा गर्मीको छुट्टी मनाउन बेलायतका विभिन्न गन्तव्यमा आउने गरेका छन् ।

तर संयुक्त राज्य अमेरिका र ग्रीसजस्ता देशबाट गर्मीको छुट्टी मनाउन बेलायतका विभिन्न गन्तव्यमा आउने गरेका भएपनि ति मुलुकबाट बेलायत आउँदा क्वारेन्टाइनमा बस्नुपर्ने बताइएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ९ : ०७ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट