सिन्धुपाल्चोक लगायतका क्षेत्रमा ‘अति भारी’ वर्षा, सतर्क रहन पठाइयो  एसएमएस « Khabarhub

सिन्धुपाल्चोक लगायतका क्षेत्रमा ‘अति भारी’ वर्षा, सतर्क रहन पठाइयो  एसएमएस


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  देशभर मनसुनी वायुको प्रभावले मुलुकका विभिन्न भू-भागमा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोकमा राति ६/७ घण्टासम्म ‘अति भारी’ वर्षा भएको छ ।

धाप, गुमथाङ, बाह्रबीसे र आसपास अतिभारी वर्षा भएकाले मेलम्ची, ईन्द्रावती, बलेफी तथा केही साना सहायक नदीमा आकस्मिक बाढी आएकाले सतर्क रहन एसएमएस पठाइएको विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार पाँचथर, ईलाम, ओखलढुङ्गा, दोलखा, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, नवलपरासी, रूपन्देही, कपिलवस्तु र आसपास केही स्थानमा पनि भारी वर्षा मापन भएको छ । भारी वर्षा भएपछि ती क्षेत्रका तटीय क्षेत्रमा सतर्कताका लागि आह्वान गरिएको छ ।

विभागका अनुसार अहिले पनि देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, प्रदेश ५ र अन्य प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशभर  सामान्य बदली रही  केही स्थानहरुमा मध्यान्हपछि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५  र सुदूरपश्चिम प्रदेशका एक दुई  स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले बुधबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको बुलेटिनमा मंगलबार र बुधबार पनि देशका विभिन्न स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

‘ देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ विभागले २४ घण्टा लागि जारी गरेको चेतावनीमा भनिएको छ,’प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षासमेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुमा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ६ : २० बजे

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आसन्न निर्वाचनमा १६० जना महिलाले स्वतन्त्र प्रतिस्पर्धा गर्दै  

काठमाडौं– आसन्न निर्वाचनका लागि १ सय ६० जना महिला उम्मेदवारले

डा. यशोदा रिजालको निलम्बन तत्काल कार्यान्वयन नगर्न उच्चको आदेश, के हो रिजालमाथीको मुद्दा ?

काठमाडौं – उच्च अदालत पाटनले नेपाल मेडिकल काउन्सिलले डा. यशोदा

हरिवंश स्टारर ‘भुठान’ प्राइम भिडियोमा

काठमाडौं – भुटानी शरणर्थीको कथामा बनेको वरिष्ठ कलाकार हरिवंश आचार्य