सिन्धुपाल्चोक लगायतका क्षेत्रमा ‘अति भारी’ वर्षा, सतर्क रहन पठाइयो  एसएमएस « Khabarhub

सिन्धुपाल्चोक लगायतका क्षेत्रमा ‘अति भारी’ वर्षा, सतर्क रहन पठाइयो  एसएमएस


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  देशभर मनसुनी वायुको प्रभावले मुलुकका विभिन्न भू-भागमा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोकमा राति ६/७ घण्टासम्म ‘अति भारी’ वर्षा भएको छ ।

धाप, गुमथाङ, बाह्रबीसे र आसपास अतिभारी वर्षा भएकाले मेलम्ची, ईन्द्रावती, बलेफी तथा केही साना सहायक नदीमा आकस्मिक बाढी आएकाले सतर्क रहन एसएमएस पठाइएको विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार पाँचथर, ईलाम, ओखलढुङ्गा, दोलखा, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, नवलपरासी, रूपन्देही, कपिलवस्तु र आसपास केही स्थानमा पनि भारी वर्षा मापन भएको छ । भारी वर्षा भएपछि ती क्षेत्रका तटीय क्षेत्रमा सतर्कताका लागि आह्वान गरिएको छ ।

विभागका अनुसार अहिले पनि देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, प्रदेश ५ र अन्य प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशभर  सामान्य बदली रही  केही स्थानहरुमा मध्यान्हपछि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५  र सुदूरपश्चिम प्रदेशका एक दुई  स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले बुधबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको बुलेटिनमा मंगलबार र बुधबार पनि देशका विभिन्न स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

‘ देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ विभागले २४ घण्टा लागि जारी गरेको चेतावनीमा भनिएको छ,’प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षासमेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुमा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ६ : २० बजे

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम