सिन्धुपाल्चोक पहिरो अपडेट :  बेपत्ता ८ जनाको पहिचान खुल्यो, खोजी जारी « Khabarhub

सिन्धुपाल्चोक पहिरो अपडेट :  बेपत्ता ८ जनाको पहिचान खुल्यो, खोजी जारी


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ६/७ घण्टासम्म भएको ‘अति भारी’ वर्षाले सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरोमा परी बेपत्ता भएकाहरूको पहिचान खुलेको छ ।

पहिरोमा पुरिएका ८ मध्ये एक जनाको जीवितै उद्धार गरी मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । उनी बारू साह नाम गरेका भारतीय नागरिक रहेको खुलेको छ ।

प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका अरू ८ जना कामदारहरु पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा पर्सास्थित वीरगञ्जका प्रदिप चौरासिया, विक्रम थिङ, मानवबहादुर रूम्बा, राजेन्द्र चौरासिया, सोनाम लामा, शिव बालक, सिमन घलान र भारतीय नागरिक राजेन्द्र चौधरी छन् ।

बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय परिचालित भएका छन् ।

 

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ८ : ११ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।