कोरोना संक्रमणदर अमेरिका र ब्राजिलभन्दा भारतमा धेरै « Khabarhub

कोरोना संक्रमणदर अमेरिका र ब्राजिलभन्दा भारतमा धेरै


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतमा कोरोना संक्रमणदर अमेरिका र ब्राजिलभन्दा बढी भएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र अहिलेसम्मकै र अन्य मुलुकमा भन्दा धेरै संक्रमित भेटिएका छन्। आइतबार भारतमा अमेरिका र ब्राजिलमा भन्दा पनि धेरै संक्रमित पहिचान भएका हुन्।

यसअघि दैनिक संक्रमणदरमा भारतले यी दुई मुलुकलाई पछ्याइरहेको थियो। भारतमा पछिल्लो एक दिनभित्र ५२ हजार ९७२ जना संक्रमित भेटिएका छन्, ७७१ जना संक्रमितको मृत्यु भएको छ। यही अवधिमा अमेरिकामा ३९ हजार ३८ जना र ब्राजिलमा २४ हजार ८१ जना नयाँ संक्रमित फेला परेका छन्।
बीबीसीका अनुसार पछिल्लो ४ दिनयता भारतमा प्रतिदिन लगातार ५० हजारभन्दा धेरै संक्रमित भेटिएका छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो १४ दिनयता भारतमा कोरोना संक्रमितको दर बढेको बढ्यै छ।

अहिलेसम्म त्यहाँ १८ लाख तीन हजार ६९५ जना मानिस संक्रमित भएका छन्। संक्रमितमध्ये ११ लाख ८६ हजार जना उपचारपछि निको भएका छन्। ज्यान गुमाउनेको संख्या ३८ हजार १३५ पुगेको छ।

अमेरिका, ब्राजिल, मेक्सिको र बेलायतपछि भारतमा धेरै संक्रमितको मृत्यु भएको छ। भारतले यो संख्यामा इटली, फ्रान्स, स्पेन र इरानलाई पनि पछाडि पारेको छ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार भारतमा अहिलेसम्म दुई करोड मानिसहरुमा कोरोना संक्रमण भए/नभएको परीक्षण गरिएको छ। भारतको जनसंख्या १ अर्ब ३९ करोडभन्दा धेरै छ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  १२ : ३३ बजे

सर्पदंश उपचार केन्द्रलाई कोशी प्रदेशको सहयोग

उदयपुर– कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका–३

समयमै जडान भयो कालीपुल–बगरफाँट बेलीब्रिज

म्याग्दी- म्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा

भरतपुरद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान

चितवन – भरतपुर महानगरपालिकाले दुग्ध कृषकलाई अनुदान रकम हस्तान्तरण गरेको

तरकारी र फलफूलको आजको मूल्य कति?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको

विदेशीले दिएको उपहार ग्रहण गर्नुपर्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणलाई लिएर प्रतिपक्ष दलले विभिन्न