ओली–प्रचण्ड वार्ता : आइतबार सकारात्मक, सोमबार निराशाजनक « Khabarhub

ओली–प्रचण्ड वार्ता : आइतबार सकारात्मक, सोमबार निराशाजनक

प्रचण्ड भन्छन् : पहिले स्थायी कमिटी बैठक, ओली भन्छन् : पहिले सचिवालय बैठक


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी भनिएका द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भएको छलफल पनि सचिवालय बैठक पहिले कि स्थायी कमिटी पहिले भन्ने विवादमा अल्झिएको छ ।

यही साउन १३ गते स्थायी कमिटी बैठक स्थगन र सञ्चालनमा विवाद भएपछि दुई अध्यक्षबीच टुटेको संवाद आआफ्ना साक्षीका साथ आइतबार सुरु भएको थियो । आइतबार पनि सचिवालय बैठक पहिले कि स्थायी कमिटी पहिले भन्ने विवादमा छलफल निष्कर्षहीन भएको थियो ।

आइतबार झैँ आज पनि ओलीका तर्फबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रचण्डका तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल अध्यक्षद्वयको छलफलमा सहभागी थिए ।

ओली दुई अध्यक्षले प्रस्ताव तयार गर्ने र सचिवालय बैठकबाट अनुमोदन गराई स्थायी कमिटीमा पेश गर्ने पक्षमा छन् । दुई अध्यक्षको साझा प्रस्ताव अनुमोदन गर्न पहिला सचिवलाय बैठक हुनुपर्ने अडानमा ओली छन् ।

दाहाल भने स्थायी कमिटी बैठककै निरन्तरताका पक्षमा छन् । गत १३ गते स्थायी कमिटी बैठक स्थगन र सञ्चालन भएको विषयमा पनि दुई अध्यक्षबीच चर्को विवाद भएको छ ।

प्रचण्ड ओली एक्लैले गरेको स्थगनलाई मान्यता नदिने अडानमा छन् भने ओली त्यस दिन प्रचण्डको अध्यक्षतामा बैठक भएको मान्न तयार छैनन् । ओलीको अडानअनुसार साउन १३ गते बैठक स्थगित भएको हो । त्यसपछि बालुवाटारमा प्रचण्डको नेतृत्वमा गुटको भेला भएको हो ।

प्रचण्ड गुटको भेला मान्न तयार छैनन्, बैठक नै हो भन्ने अडानमा छन् । उक्त बैठकको निर्णयअनुसार स्थायी कमिटीको बैठक तोक्नुपर्ने प्रचण्डको अडान छ । ओली दुई अध्यक्ष बसेर प्रस्ताव तयार पार्नुपर्ने र सचिवालयबाट अनुमोदन गराएर स्थायी कमिटीमा पेश गर्नुपर्ने अडानमा छन् ।

दुवै अध्यक्ष आआफ्ना अडानमा कायम रहेपछि सचिवलाय र स्थायी कमिटी दुवैको बैठक अनिश्चित भएको छ ।

स्रोतका अनुसार ओलीले बहुमतबाट निर्णय गरेर अघि बढ्न प्रचण्डलाई चुनौती दिएका छन् । ओलीको चुनौतीले प्रचण्ड असमञ्जसमा परेका छन् । उपाध्यक्ष वामदेव गौतमले सहमतिका लागि भन्दै ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि प्रचण्डपक्ष दुर्बल भएको ओली पक्षको निचोड छ ।

ओली पक्षका अनुसार ओलीको सहमति नभई स्थायी कमिटीको बैठक हुँदैन किनभने १३ गते भएको ‘गुट भेला’ ले ओलीसँग सल्लाह गरेर बैठक तोक्ने जिम्मेवारी प्रचण्डलाई दिएको छ ।

हिजो ओली र प्रचण्ड दुवैले आआफ्ना कुरा खुलेर प्रकट गरेको र टुटेको संवाद सुरु भएकाले वार्ता सकारात्मक रहेको भनिएको भए पनि आज कुनै प्रगति नभएको बालुवाटार स्रोतको भनाइ छ ।

आज तिक्तता झन् बढे पनि भोलि अपराह्न फेरि वार्तामा बस्न ओली र प्रचण्ड दुवै सहमत भएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ३ : ०५ बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध