नेपालका कुन प्रदेशमा कति संक्रमित ? ४ जिल्ला ‘ग्रीन जोन’मा « Khabarhub

नेपालका कुन प्रदेशमा कति संक्रमित ? ४ जिल्ला ‘ग्रीन जोन’मा


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबार नेपालमा ४ सय १८ जनामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार भएका ७ हजार ६३७ पीसीआर परीक्षणमा ४१८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।

सोमबार ३५८ जना संक्रमित डिस्चार्ज भएका छन् । आजसम्म १४ हजार ९६१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रदेश नम्बर १ मा ८७५, प्रदेश नम्बर २ मा ३ हजार १७६, बागमती प्रदेशमा ५४३ र गण्डकी प्रदेशमा १ हजार ३३० जना डिस्चार्ज भएका छन ।

यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ६६, कर्णाली प्रदेशमा १ हजार ७२३ र सुदूरपश्चिम प्रदेशमा ३ हजार २४८ जना डिस्चार्ज भएका छन् ।

कुन प्रदेशमा कति संक्रमित 

सोमबार देशभरीका आइसोलेसनमा ५ हजार ७ सय ३२ जना संक्रमित उपचाररत रहेका छन् ।

जसमा प्रदेश नम्बर १ मा २९०, प्रदेश नम्बर २ मा २ हजार ३५७, बागमती प्रदेशमा ६५१ र गण्डकी प्रदेशमा २७२ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३१५, कर्णाली प्रदेशमा २९८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५४९ जना रहेका छन् ।

प्रदेश नम्बर १ मा १ हजार २९६, प्रदेश नम्बर २ मा १ हजार १४४, बागमती प्रदेशमा ८२६ र गण्डकी प्रदेशमा २ हजार ७९५ जना क्वारेन्टिनमा रहेका छन ।

यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३४०, कर्णाली प्रदेशमा ५१४ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५३७ जना क्वारेन्टिनमा रहेका छन । अहिलेसम्म कोरोनाबाट ५७ जनाको मृत्यु भइसकेको छ ।

हाल कोरोना संक्रमित नभएका ४ जिल्ला

नेपालका ७७ जिल्लामध्ये हाल ४ जिल्लामा कोरोना संक्रमित छैनन् ।

४ जिल्ला कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिए । भोजपुर, संखुवासभा,  मनाङ र मुस्ताङ गरी चार जिल्लामा एकजना पनि कोरोना संक्रमित रहेका छैनन् ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ५ : १६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका