विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु « Khabarhub

विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोशी अस्पताल विराटनगरमा मृत्यु भएका एकजना वृद्ध पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर ५ का ७७ वर्षका पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले खबरहबलाई बताए ।

सूचना अधिकारी बुढाथोकीका अनुसार ती वृद्ध पुरुषलाई आज बिहान साढे ११ बजे मात्र कोशी अस्पतालको आइसोलेसनमा ल्याइएको थियो ।

उनको अस्पतालमा ल्याउने वित्तिकै कोरोना परीक्षणका लागि नमुना संकलन गरी प्रयोगशालामा पठाइएको थियो ।

ती वृद्ध पुरुषको आज दिउँसो ३ बजे आइसोलेसनमै उपचारका क्रममा मृत्यु भएको र रिपोर्ट भने केही समय अघि पोजेटिभ आएको सूचना अधिकारी बुढाथोकीले बताए ।

‘अस्पतालको आइसोलेसनमा आज विहान साढे ११ बजे भर्ना भएका ७७ वर्षका पुरुषको ३ बजे मृत्यु भयो,’ सूचना अधिकारी बुढाथोकीले भने, ‘आइसोलेसनमा आउने वित्तिकै स्वाब लिएर प्रयोगशालामा पठाइएकोमा रिपोर्ट पोजेटिभ आयो ।’

सूचना अधिकारी बुढाथोकीका अनुसार मृतक पुरुषको शव अहिले कोशी अस्पतालको आइसोलेसनमै रहेको छ ।

उनको शव कोभिड १९ संक्रमितको शव व्यवस्थापन निर्देशिका अनुसार नेपाली सेनाले भोलि मात्र व्यवास्थप गर्ने सूचना अधिकारी बुढाथोकीले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ६ : १० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना