सत्यालको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको नयाँ कार्यसमिति चयन « Khabarhub

सत्यालको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको नयाँ कार्यसमिति चयन


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली रक्तदाताहरुको अन्तर्राष्ट्रिय संस्था ‘अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ’को चौथो साधारण सभा सम्पन्न भएको छ ।

भर्चुअल अधिवेशन झन्डै २५ देशका प्रतिनिधिहरु र विशिष्ट व्यक्तित्वहरुको आतिथ्यतामा शनिबार सम्पन्न भएको हो।

संघका अध्यक्ष अजय सत्यालको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनमा प्रमुख अतिथिको रुपमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङेल थिए ।

त्यस्तै अन्य अतिथिहहरुमा गैरआवासिय नेपाली संघका अध्यक्ष कुमार पन्त, नेपाली रक्तसञ्चार केन्द्रका निर्देशक डा. मनिता राजकर्णिकार, ब्लोदानका अध्यक्ष सानूबाबु प्रजापति, ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष डा. लिला राज दाहाल, युएनको फुड प्रोग्राम अन्तरगत बङ्गलादेशमा कार्यरत विषेशज्ञ मञ्जु कर्माचार्य सहभागी थिए ।

अधिवेशनले आगामी २ वर्षका लागि अजय सत्याल (अमेरिका) को नेतृत्वमा ५ सदस्यपछि थप गर्नेगरी सर्वसम्मत २३ सदस्यीय कार्यसमिति गरेको छ ।

जसको उपाध्यक्षमा एभरेष्ट गौतम (बेलायत), बिनोद भट्टराई (कतार), प्रशान्त उप्रेती (फ्रान्स), महासचिवमा राहुल रेग्मी (नेपाल), सचिवमा केदार तिमील्सिना (अमेरिका), कोषाध्यक्षमा उत्तम अधिकारी (नेपाल), सदस्यहरुमा निरन्जन पौडेल (क्यानडा), बिनोद प्रसाद मैनाली (अष्ट्रेलिया), राज गौतम (पोर्चुगल(, नवराज बस्नेत (यूएई), शिवराम भण्डारी )फ्रान्स), रुपेन्द्र बिक्रम हमाल )कुवेतं, डा. इन्दिरा तिवारी (दक्षिण कोरिया, राजेन्द्र प्रसाद कंडेल (नेदरल्याण्ड), राजन काफ्ले (आयरल्याण्ड), मन्जु प्रधान (बेल्जियमं) र अर्जुन बोगटी (भारत) रहेका छन ।

साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि ढुङेलले रक्तदानले जीवनदान दिन सक्ने भन्दै सेवासँगै परोपकार र धर्म समेत भएको बताए । उनले संघले गरेको कार्यले सबैलाई उत्प्रेरणा दिने र रक्तदान मार्फत गरेको सेवा अन्य कुनै पनि सेवा भन्दा महत्वपुर्ण रहेको समेत उल्लेख गरे ।

कार्यक्रममा बोल्दै एनआरएनएका अध्यक्ष कुमार पन्तले जीवन बचाउने पवित्र कार्यका लागि देश र विदेशमा रहेर नेपाली समुदाय सेवा भावमा लागेको देख्दा आफूलाई गर्व महसुस भएको भन्दै रक्तदाता संघलाई धन्यवाद दिए। उनले गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघसँग निरन्तर सहकार्य गर्दै अगाडी बढने पनि बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ३ : ०९ बजे

सरकारसँग जनता असुरक्षित हुन थाले : एमाले सचेतक घतानी (अन्तर्वार्ता)

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत भएकी निता

पश्चिम एसियामा मिसाइल चल्दा नेपालका सडकमा असर, बिटुमिन नआउँदा रोकियो कालोपत्र

काठमाडौं- इरान र संयुक्त राज्य अमेरिकाबीचको युद्धले यतिबेला पश्चिम एसियालाई

रास्वपा उपनेता पराजुली भन्छन् : अरू दलले नगरेको काम गरेका छौँ, नीति तथा कार्यक्रमले राष्ट्रलाई मार्गनिर्देशन गर्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता पराजुलीले सरकारको नीति

‘पारस्परिक लाभ, सम्मान र बहुपक्षीय सहकार्यका आधारमा परराष्ट्र सम्बन्ध’

काठमाडौं- सरकारले छिमेकी तथा मित्र राष्ट्रहरूसँग पारस्परिक लाभ, सम्मान र

आजका समाचार : आयो नीति तथा कार्यक्रम, संसद्‌मा पुगे आठवटै अध्यादेश, सरकारलाई सर्वोच्चको धक्का र राष्ट्रपति ट्रम्प बुधबार चीन जाँदै

भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन समाधान गरिनेसरकारले भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन