साँगाबाट उपत्यका प्रवेश गर्ने १३ मा कोरोना पोजिटिभ « Khabarhub

साँगाबाट उपत्यका प्रवेश गर्ने १३ मा कोरोना पोजिटिभ


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक हप्तामा पूर्वी–नाका साँगाबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ जनामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले उपत्यका प्रवेश नाकामा सवारी साधनका यात्रुमा गरिएको कोरोना सङ्क्रमण परीक्षणमा उक्त सङ्ख्यामा कोरोना पोजिटिभ देखिएको हो ।

लकडाउनको अन्त्यपछि टोलीले उपत्यका प्रवेश गर्ने तीन नाका काभ्रेपलाञ्चोकको साँगासँगै, ललितपुरको फर्पिङ र काठमाडौंको थानकोटबाट काठमाडौँ प्रवेश गर्ने यात्रुको कोरोना सङ्क्रमण नमूना परीक्षण गर्न स्वाब सङ्कलन गरेको थियो ।

साँगा–नाकामा मात्रै सङ्कलित तीन हजार ४८२ यात्रुको स्वाब सङ्कलन गरिएकामध्ये १३ मा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार तीन नाकाबाट करीब दश हजार यात्रुको स्वाब सङ्कलन गरिएको थियो । यात्रुको पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण गर्दाको रिपोर्ट पोजिटिभ आएका हो ।

तीन नाकामा सङ्कलित स्वाबको वीर अस्पताल, शिक्षण अस्पताल तथा टेकु अस्पतालमा परीक्षण गरिएको टोलीका सदस्य खेमराज सापकोटाले बताए । उनका अनुसार तीन नाकामा एक साता यात्रुको स्वाब सङ्कलन गरिएको थियो ।

“हामीले १० हजार यात्रुको स्वाम्प्लिङ टेष्ट गर्ने योजना बनाएका थियौँ, टार्गेट पूरा भएपछि स्वाब सङ्कलन कार्य बन्द ग¥यौँ”, सापकोटाले भने ।

लकडाउनको अन्त्यपछि कोरोनाको सङ्क्रमण दर पत्ता लगाई आएको विवरणले सरकारलाई कोरोना सङ्क्रमण न्यूनीकरण गर्न थप रणनीति बनाउन मद्दत पुग्ने उद्देश्यले नाकामा जाँच गरिएको मन्त्रालयले जनाएको छ ।

टोलीले आइतबारदेखि शुक्रबारसम्म तीनै नाकामा उपत्यका प्रवेश गर्ने यात्रुको स्वाब सङ्कलन गरेको हो ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  १० : ४४ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका