भारतमा पब्जीसहितका ११८ एप्स प्रतिबन्ध « Khabarhub

भारतमा पब्जीसहितका ११८ एप्स प्रतिबन्ध


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले थप एक सय १८ एप्सलाई प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धित एप्सहरूको सूचीमा सर्वाधिक रूचाइएको मध्येमा पर्ने पब्जीसमेत छ ।

चीनमा विकसित पब्जीसहित ११८ मोबाइल एप्सले भारतको सम्प्रभुता, अखण्डता, देशको रक्षा र लोक व्यवस्थाविरुद्धका गतिविधि गरेको त्यहाँको इलेक्ट्रोनिक्स र इन्फर्मेशन टेक्नोलजी मन्त्रालयलयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारत सरकारलाई यी एप्सका बारेमा विभिन्न गुनासा आइरहेका र एप्सबाट प्रयोगकर्ताका डाटा अनाधिकृत रुपमा चोरी गरेर भारतबाहिर रहेका सर्भरमा पठाइरहेकाले प्रतिबन्ध लगाइएको हो ।

सीमा क्षेत्र लद्दाखमा चीनसँग तनाव सिर्जना भएलगत्तै भारतले  चीनमा बनेका मोबाइल एप्सहरुमा प्रतिबन्ध लगाएको हो ।

यसअघि भारतले जुन महिनामा पनि टिकटकसहितका ५९ चिनियाँ एप्समा प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ८ : ३२ बजे

देशभर हर्षोल्लासका साथ उँधौली पर्व मनाइँदै

काठमाडौं– मङ्सिर पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत

भारत–रुस सम्बन्धमा अमेरिकी दबाब

एजेन्सी– रुस र भारतले दशकौँदेखि एकअर्कालाई ‘समय–परीक्षित’ मित्रका रूपमा व्याख्या

के महिनावारी हुनु पाप हो ? 

काठमाडौं– केही महिला अधिकारकर्मी, सिने कलाकारले पनि ‘महिनावारी रगत दूषित

महाधिवेशन तालिकासँगै कांग्रेसमा जोड-घटाउ सुरू, खड्कालाई सभापतिमा सघाउने देउवाको वचन

काठमाडौं– नेपाली कांग्रेसले आगामी पुस २६,२७ र २८ गते काठमाडौँमा

पोखराका भीम सार्कीको आक्रामक ब्याटिङले काठमाडौंलाई दियो १६६ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको