भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट ह्याक भएको पुष्टि भएको छ।

मोदीको एकाउन्टबाट राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग गर्न आग्रह गर्दै लगातार ट्वीट भएका थिए ।

मोदीको ट्वीटरले एकाउन्ट ह्याक भएको बारे जानकारी भएको र त्यसलाई सुरक्षित गर्नका लागि आवश्यक कदम चालिएको ट्वीटरले आइतबार नै पुष्टि गरेको रोयटर्सले जनाएको छ ।

मोदीको एकाउन्ट ह्याक भएको सम्बन्धमा अनुसन्धान जारी रहेको ट्वीटरकी प्रवक्ताले बताएकी छन् ।

प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग प्रदान गर्न अपिल गरिएका ट्वीटहरु अहिले हटाइएको छ ।

यसअघि जुलाईमा अमेरिकाका प्रतिष्ठित व्यक्तिहरूको ट्वीटर एकाउन्ट ह्याक भएको थियो । राष्ट्रपति उम्मेदवार जो बाइडेन, पूर्वराष्ट्रपति बाराक ओबामा तथा टेस्लाका संस्थापक एलन मस्कसहितको एकाउन्टमा पनि यस्तै प्रकारको आक्रमण भएको थियो।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ९ : ०४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु