रूसी विपक्षी नेता नाभाल्नीलाई स्नायुमा असर गर्ने विष दिइएको जर्मनीको दाबी « Khabarhub

रूसी विपक्षी नेता नाभाल्नीलाई स्नायुमा असर गर्ने विष दिइएको जर्मनीको दाबी


१८ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई स्नायुमा असर गर्ने एउटा विष दिइएको जर्मनीले दाबी गरेको छ ।

नभाल्नीलाई नोभिचोक नर्भ एजेन्ट नामक विषादी दिइएको ‘स्पष्ट प्रमाण’ आफूसँग सुरक्षित रहेकोसमेत जर्मनीले जनाएको छ।

गत महिना साइबेरियामा उडानमा रहेको बेला अचानक बिरामी भएपछि नभाल्नीलाई उपचारका लागि बर्लिन पुर्‍याइएको छ ।

जर्मनीको एक अस्पतालमा उपचाररत उनी अहिले कोमामा छन्। सुरुवाती उपचार रुसमा भएपनि त्यहाँका चिकित्सकहरूको असमतीका बाबजुद नाभाल्नीका समर्थक र आफन्तले दबाब दिएपछि उनलाई थप उपचारका लागि जर्मनी लान अनुमती दिइएको थियो ।

जर्मन चान्सलर एङ्गेला मर्केलले नभाल्नीको हत्या प्रयास भएको त्यस्तो पदार्थ नभाल्नीको सम्पर्कमा कसरी आयो भन्ने जवाफ रुस सरकारले मात्र दिन सक्ने बताएकी छन् ।

भ्रष्टाचार विरोधी ४४ वर्षीय नाभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन्।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  १० : ५१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया