केन्याकाे गुफामा भेटियो प्राचीन शिव मन्दिर (भिडियोसहित) « Khabarhub

केन्याकाे गुफामा भेटियो प्राचीन शिव मन्दिर (भिडियोसहित)


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- केन्याको मोम्बासास्थित नियाली क्षेत्रमा रहेको एक गुफामा भगवान् शिवको प्राचीन मन्दिर भेटिएको छ । उक्त मन्दिरको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

बेलायतमा रहेकी एक भारतीय संगीतकार किशोरी जानीले गोम्बेश्वर गुफाको भ्रमण गरी मन्दिरको भिडियो सामाजिक सञ्जालमा राखेकी हुन् ।

कुल दुई मिनेट २० सेकेन्ड लामो भिडियोमा गुफाहरूको दृश्य देख्न पाइन्छ । त्यसमा शिवलिंग गुफामा निकै भित्र देख्न सकिन्छ । उनले मन्दिरमा पूजाआजा समेत गरेको जनाइएको छ । उनी फर्किँदै गर्दा ऊँ नमः शिवाय मन्त्र  समेत उच्चारण गरेकी छिन् ।

उक्त गुफाको मन्दिर निकै समयअघि बनाइएको जनाइन्छ ।

अफ्रिकाका एक गोठालाले आफ्नो एक गाईले डाँडाको एक विशेष ठाउँमा सधैं दूध चुहाएको याद गरेका थिए । त्यसपछि उक्त क्षेत्रमा बस्ने हिन्दू परिवारहरूले किन गाईले दूध चुहाएकी होलिन् भनी हेर्न खोजेको र खोज्दै जाँदा मन्दिर भेटेका थिए ।

गोठालाहरू र हिन्दू परिवारहरूले सुन्दर गुफामा शिवलिंग भेटे । यस गोप्य मन्दिरको बारेमा जानकारी भएकाहरू पूजाआजाका लागि त्यहाँ पुग्ने गरेका छन् ।

शिवजीका भक्तहरू भिडियोबाट अत्यन्तै प्रभावित भएर गोप्य मन्दिरको प्रशंसा गरिरहेका छन् । किशोरी जानीको भिडियो भारतीय लेखिका अद्वैता कालाले शेयर गरेपछि भाइरल भएको हो ।

यस्तो छ भिडियो

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ८ : ३७ बजे

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा