पानीमा तैरिरहेको अवस्थामा महिलाको शव फेला « Khabarhub

पानीमा तैरिरहेको अवस्थामा महिलाको शव फेला


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – बिहीबार धनुषामा पानीमा तैरिरहेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

प्रहरीका अनुसार धनुषाको धनौजी गाउँपालिका वडानम्बर १ लखौरीमा पानीमा तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्रै मिश्रका अनुसार, रेल्वे लिकको दक्षिणपट्टीको खाल्डोमा ती महिलाको शव फेला परेको हो । मृतक अन्दाजी २८ वर्षीया महिलाको सनाखत हुन सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सर्लाहीमा एक महिलाको शव फेला

सर्लाहीको ईश्वरपुर नगरपालिका ६ बयलबास बजारमा एक महिलाको शव फेला छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरका अनुसार पहिचान खुल्न नसकेको महिलाको शव एक बैंक अगाडि फेला परेको हो ।

उनको मानसिक अवस्था ठीक नभएको र गाउँमा मागेर खाने गर्ने गरेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  २ : ०७ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ