भारतमा एकैदिन ८४ हजार संक्रमित « Khabarhub

भारतमा एकैदिन ८४ हजार संक्रमित


१८ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अत्यधिक बृद्धि भएको छ ।

पछिल्लो विवरण अनुसार एकै दिनमा झण्डै ८४ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भेटिएका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८३ हजार ८८३ जना सङ्क्रमित भेटिएका छन् । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुको भनाइ छ ।

पछिल्लो थप सङ्क्रमितहरुसँगै भारतमा कुल सङ्क्रमितहरुको संख्या ३८ लाखभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना भाइरसकै कारण अहिलेसम्म ६७ हजार ३७६ जनाको मृत्यु भएको छ । तीमध्ये एक हजार ४३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार कुल सङ्क्रमित ३८ लाख ५३ हजार ४०७ जना रहेकोमा २९ लाख ७० हजार ४९३ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

त्यस बाहेक आठ लाख १५ हजार ५३८ जना भने अझै पनि सङ्क्रमित अवस्थामै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । कोरोना भाइरसको सङ्क्रमणको प्रभाव भारतका प्रदेशहरु मध्ये सबैभन्दा धेरै महाराष्ट्रमा देखिएको छ । त्यस प्रदेशमा अहिलेसम्म दुई लाख दई हजार ४८ जना सङ्क्रमित भेटिएका छन् ।

भारतमा देशभर एकै दिनमा ११ लाख ७२ हजार १७९ जनाको कोरोना परीक्षणका लागि स्वाब संंकलन गरिएको छ । भारतमा अहिलेसम्म साढे चार करोड भन्दा बढीको कोरोना परीक्षण गरिएको छ ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ३ : १८ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं