ललितपुरमा पछिल्लो २४ घण्टामा थपिए ४६ कोरोना संक्रमित « Khabarhub

ललितपुरमा पछिल्लो २४ घण्टामा थपिए ४६ कोरोना संक्रमित


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरमा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा थपिएका ४४५ जना संक्रमितमध्ये ४६ जना ललितपुरका रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४२ हजार ८७७ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २५७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २४ हजार २०७ पुगेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ५ : ३७ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट