१२ जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित, ६ जिल्ला ‘ग्रीन जोन’मा « Khabarhub

१२ जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित, ६ जिल्ला ‘ग्रीन जोन’मा


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका १२ जिल्लाहरुमा ५ सय भन्दा बढी कोरोना संक्रमितहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १२ जिल्लामा ५ सयभन्दा बढी संक्रमित उपचाररत रहेको जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार मोरङ, सुनसरी, धनुषा, बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन र रुपन्देहीमा ५ सय भन्दा बढी संक्रमित रहेका छन्।

त्यस्तै ६ जिल्लामा हाल सक्रिय संक्रमित नरहेको प्रवक्ता गौतमले जानकारी दिए। उनका अनुसार ताप्लेजुङ, सोलुखुम्ब, डोल्पा, मुस्ताङ, मुगु र हुम्लामा सबै सक्रमितहरु निको भएर घर गएको जानकारी दिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४२ हजार ८७७ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २५७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २४ हजार २०७ पुगेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ५ : १९ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट