१२ जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित, ६ जिल्ला ‘ग्रीन जोन’मा « Khabarhub

१२ जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित, ६ जिल्ला ‘ग्रीन जोन’मा


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका १२ जिल्लाहरुमा ५ सय भन्दा बढी कोरोना संक्रमितहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १२ जिल्लामा ५ सयभन्दा बढी संक्रमित उपचाररत रहेको जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार मोरङ, सुनसरी, धनुषा, बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन र रुपन्देहीमा ५ सय भन्दा बढी संक्रमित रहेका छन्।

त्यस्तै ६ जिल्लामा हाल सक्रिय संक्रमित नरहेको प्रवक्ता गौतमले जानकारी दिए। उनका अनुसार ताप्लेजुङ, सोलुखुम्ब, डोल्पा, मुस्ताङ, मुगु र हुम्लामा सबै सक्रमितहरु निको भएर घर गएको जानकारी दिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४२ हजार ८७७ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २५७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २४ हजार २०७ पुगेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ५ : १९ बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र