धरानस्थित बीपी अस्पतालमा सप्तरीका २ कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

धरानस्थित बीपी अस्पतालमा सप्तरीका २ कोरोना संक्रमितको मृत्यु


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सूचना अधिकारी डाक्टर निदेश सापकोटाका अनुसार सप्तरीका ५५ वर्षका एक जना पुरुष र सप्तरीकै ५० वर्षका अर्का एक पुरुषको मृत्यु भएको हो ।

दुवै जना पुरुष सप्तरीको राजविराज–७ का स्थानीय हुन् ।

डा सापकोटका अनुसार ५५ वर्षका पुरुषमा १५ वर्षअघिदेखि मधुमेह र उच्च रक्तचापको समेत समस्या थियो ।

ती पुरुषमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि छिन्नमस्ता अस्पताल सप्तरीले बीपी प्रतिष्ठानमा भदौ ४ गते रेफर गरेको थियो ।

भदौ ७ गते कोरोना पुष्टि भएपछि अस्पतालकै कोभिड वार्डको आईसीयुमा उपचाररत उनको आज दिउँसो १ बजेर १५ मिनेटमा मृत्यु भएको हो ।

यस्तै सप्तरीकै अर्का मृतक ५० वर्षका पुरुषमा पनि पहिला देखि नै मधुमेहको समस्या थियो ।

उनलाई ज्वरो, श्वासप्रश्वासमा समस्या र शरीर सिथिल हुने समस्या देखिएपछि भदौ १८ गते बीपी अस्पतालमा भर्ना भएका थिए ।

उनको आज दिउँसो २ बजेर २ मिनेटमा मृत्यु भएको र बिहीबार नै कोरोनाको रिपोर्ट पनि पोजेटिभ आएको डा सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ५ : ३० बजे

दीर्घकालीन महत्त्वका निर्णय नगर्न मधेशका मुख्यमन्त्रीलाई सर्वाेच्चको आदेश

काठमाडौँ– सर्वोच्च अदालतले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन

कांग्रेस बैठकमा मीनेन्द्रले भनेः अबको ४ महिना पार्टी महामन्त्रीहरुलाई चलाउन दिउँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले चुनावसम्म पार्टी चलाउन

५० हजार धरौटी बुझाएर रिहा भए निकोलस भुसाल

काठमाडौँ- समाजको शान्ति सुरक्षा भाँड्ने गरी अभिव्यक्ति दिएको आरोपमा कात्तिक

पार्टीभित्र एकअर्कामाथि लाञ्छना लगाउने प्रवृत्ति आत्मघातीः प्रवक्ता महत

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालमार्फत

उज्यालो नेपालको केन्द्रीय सदस्यमा वातावरणविद् सागर ढकाल

काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा रहेको उज्यालो नेपाल पार्टीको केन्द्रीय