लक्षणविहीन संक्रमितका लागि आइसोलेसन सेन्टरको व्यवस्था : स्वास्थ्य मन्त्रालय « Khabarhub

लक्षणविहीन संक्रमितका लागि आइसोलेसन सेन्टरको व्यवस्था : स्वास्थ्य मन्त्रालय


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षणविहीन कोरोना संक्रमितको लागि आइसोलेसन सेन्टरको व्यवस्था गरेको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत होम आइसोलेसनमा बस्न सम्भव नभएका लक्षणविहीन कोरोना संक्रमितका लागि आइसोलेसन सेन्टरको व्यवस्था गरिएको जानकारी दिएका हुन् ।

‘संक्रमण भइसकेपछि हामीले तीन ठाउँमा बिरामी लाई राख्न सक्छौं, एउटा चाँही होम आइसोलेसनमा, जसको घरमा होम आइसोलेसनमा बस्न सकिने सुविधा छ उहाँहरु घरमा बस्न सक्नुहुन्छ,’ डा गौतमले भने,‘जसको घरमा बस्ने सुविधा छैन, छुट्टै वाथरुप छैन, छुट्टै कोठा छैन, बस्न गाह्रो छ उहाँहरुलाई हामी आइसोलेस सेन्टरहरु व्यवस्थापन गरेका छौं ।’

डा गौतमले लक्षण बिहीन कोरोना संक्रमितका लागि पर्याप्त मात्रामा आइसोलेसनको व्यवस्थापन सरकारले गरेको पनि बताए ।

उनले होम आइसोलेसनमा बस्न सम्भव नभएका कोरोना संक्रमितले खबर गर्न पनि आग्रह गरेका छन् । डा गौतमले लक्षण बिहीन कोरोना संक्रमितलाई अस्पतालमा भने भर्ना नगर्ने बताए ।

उनले निजी अस्पतालहरुले पनि सरकारसँग सम्झौता गरेर सेवा दिइरहेको समेत बताए ।

डा गौतमले कोरोना परीक्षणको पीसीआर विधिको विषयमा प्रश्न गर्नु गलत भएको बताए । उनले कोरोना संक्रमणबाट आफू र अरुलाई पनि बचाउन सबै सचेत हुनुपर्ने बताए ।

कोरोना परीक्षण नै नगरी रिपोर्ट दिइएको भन्ने गुनासो आएको भन्दै त्यसको पनि छानविन गर्ने बताए ।

डा गौतमले कोरोना विरुद्धको भ्याक्सिन तथा औषधि नबनेको र हाल कोरोनाको कारण उत्पन्न समस्याको उपचार गर्ने औषधि मात्र प्रयोग भइरहेको पनि बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ७ : ०७ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन