लक्षणविहीन संक्रमितका लागि आइसोलेसन सेन्टरको व्यवस्था : स्वास्थ्य मन्त्रालय « Khabarhub

लक्षणविहीन संक्रमितका लागि आइसोलेसन सेन्टरको व्यवस्था : स्वास्थ्य मन्त्रालय


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षणविहीन कोरोना संक्रमितको लागि आइसोलेसन सेन्टरको व्यवस्था गरेको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत होम आइसोलेसनमा बस्न सम्भव नभएका लक्षणविहीन कोरोना संक्रमितका लागि आइसोलेसन सेन्टरको व्यवस्था गरिएको जानकारी दिएका हुन् ।

‘संक्रमण भइसकेपछि हामीले तीन ठाउँमा बिरामी लाई राख्न सक्छौं, एउटा चाँही होम आइसोलेसनमा, जसको घरमा होम आइसोलेसनमा बस्न सकिने सुविधा छ उहाँहरु घरमा बस्न सक्नुहुन्छ,’ डा गौतमले भने,‘जसको घरमा बस्ने सुविधा छैन, छुट्टै वाथरुप छैन, छुट्टै कोठा छैन, बस्न गाह्रो छ उहाँहरुलाई हामी आइसोलेस सेन्टरहरु व्यवस्थापन गरेका छौं ।’

डा गौतमले लक्षण बिहीन कोरोना संक्रमितका लागि पर्याप्त मात्रामा आइसोलेसनको व्यवस्थापन सरकारले गरेको पनि बताए ।

उनले होम आइसोलेसनमा बस्न सम्भव नभएका कोरोना संक्रमितले खबर गर्न पनि आग्रह गरेका छन् । डा गौतमले लक्षण बिहीन कोरोना संक्रमितलाई अस्पतालमा भने भर्ना नगर्ने बताए ।

उनले निजी अस्पतालहरुले पनि सरकारसँग सम्झौता गरेर सेवा दिइरहेको समेत बताए ।

डा गौतमले कोरोना परीक्षणको पीसीआर विधिको विषयमा प्रश्न गर्नु गलत भएको बताए । उनले कोरोना संक्रमणबाट आफू र अरुलाई पनि बचाउन सबै सचेत हुनुपर्ने बताए ।

कोरोना परीक्षण नै नगरी रिपोर्ट दिइएको भन्ने गुनासो आएको भन्दै त्यसको पनि छानविन गर्ने बताए ।

डा गौतमले कोरोना विरुद्धको भ्याक्सिन तथा औषधि नबनेको र हाल कोरोनाको कारण उत्पन्न समस्याको उपचार गर्ने औषधि मात्र प्रयोग भइरहेको पनि बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ७ : ०७ बजे

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा