चितवनमा आज तीन कोरोना संक्रमितको मृत्यु « Khabarhub

चितवनमा आज तीन कोरोना संक्रमितको मृत्यु


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा कोरोना भाइरसको सङ्क्रमणबाट आज तीन जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा एक र चितवन मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको हो ।

भरतपुर अस्पतालले दिएको जानकारी अनुसार राप्ती नगरपालिका–९ की ३५ वर्षीया महिलाको मृत्यु भएको हो ।

विगत तीन महिनादेखि मिर्गाैलाको समस्याका कारण डायलोसिस गराइरहेकी उनलाई भदौ १४ गते खोकी र स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको अस्पतालद्वारा जारी सूचनमा उल्लेख छ ।

भदौ १७ गते कोरोना सङ्क्रमण देखिएको उनको कोभिड सघन उपचार कक्षमा आज साँझ ५ः १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि आजै चितवन मेडिकल कलेजको सघन उपचार कक्षमा गौँडाकोट नगरपालिका–५ का ३७ वर्षका एक पुरुषको मृत्यु भएको छ । अस्पतालका निर्देशक दयाराम लम्सालका अनुसार मिर्गौलामा समस्या देखिएपछि उनी भदौ ५ गते अस्पताल भर्ना भएका थिए ।

उनको भदौ १० गते गरिएको स्वाब परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उपचारका क्रममा आज दिउँसो उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै गएराति भरतपुर महानगरपवालिका–११ का ४० वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।

स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएकी उनमा कोरोना सङ्क्रमण देखिएको थियो । उनको पनि चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

यससँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । चितवनका ११, मकवानपुरका चार, नवलपरासी सुस्ता पूर्वका दुई, बारा, गोर्खा र कैलालीका एक-एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

हालसम्म चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या ८६२ पुगेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ७ : १५ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट