जुम्लाका प्रमुख जिल्ला अधिकारी थापालाई कोरोना संक्रमण | Khabarhub Khabarhub

जुम्लाका प्रमुख जिल्ला अधिकारी थापालाई कोरोना संक्रमण


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आज बिहान परीक्षणका लागि स्वाब दिएका उनको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो ।

उनले भने, “जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेशन अनुमगन गर्दा कोरोना पुष्टि भयो । ”

प्रजिअलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावले बताए ।

कोरोना संक्रमण पुष्टि भएपछि प्रजिअ थापा होम आइसोलेशनमा बसेका छन् ।

 

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ७ : ५१ बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर