साँगा नाकामा खटिएका दुई सुरक्षाकर्मीमा कोरोना संक्रमण « Khabarhub

साँगा नाकामा खटिएका दुई सुरक्षाकर्मीमा कोरोना संक्रमण


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काठमाडौं उपत्यका प्रवेश गर्ने साँगा नाकामा खटिएका सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सीमा नाकामा खटिएको सुरक्षा टोलीका दुई जनालाई कोरोना भएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक एवं प्रमुख डा. नरेन्द्रकुमार झाले बताए ।

विहिबारसम्म जिल्लामा २ सय ९४ जना ब्यक्ति संक्रमित भएका छन् । जस मध्ये १ सय ११ जना निको भएर घर फर्किसकेका छन् ।

विहिबार मात्रै दुई सुरक्षाकर्मी सहित ८ जना नयाँ संक्रमित थपिएका छन् । जसमा पनौती नगरपालिका घर भएका दुई महिला छन् भने धुलिखेल नगरपालिका स्थायी घर भएका चार जना छन् ।

उनीहरुमध्ये केही अस्पतालमा उपचारार्थ विरामी छन् । यस अघि जिल्लामा २२ जना सुरक्षाकर्मी संक्रमित थिए ।

संक्रमित सुरक्षाकर्मीको  संख्या अब २४ पुगेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ७ : ५७ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट