नवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

नवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु



नवलपुर– नवलपरासीपूर्वको गैंडाकोट नगरपालिकाका कोरोना संक्रमित पुरुषको विहीबार मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका ५ का ३७ वर्षीय पुरुषको आज दिउँसो चितवन मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको हो ।

मृगौलाका बिरामी रहेका ती पुरुषमा कोरोना संक्रमण देखिएपछि अस्पतालकै आइसीयूमा राखेर उपचार गरिएको थियो ।

उनको आज बिहीवार दिउँसो २ बजेर २० मिनेट जाँदा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिएका छन् ।

मृगौलामा समस्या देखिएपछि उपचारको लागि चितवनस्थित चितवन मेडिकल कलेज भरतपुरमा गत भदौ ९ गते भर्ना गरिएको थियो ।

उनको स्वास्थ्यमा जटिलता देखिएपछि भदौ १० गते कोरोना परिक्षण गर्दा कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो सँगै पूर्वी नवलपरासी जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

यसअघि विनयी त्रिवेणी गाउँपालिका ६ एक पुरुषको मृत्यु भएको थियो । सोही ठाउँकी अर्की एक महिलाको भने भरतपुरको पुरानो मेडिकल कलेजमा कोरोना जितेर डिस्चार्ज गर्ने तयारी गरेकै बेला निधन भएको थियो ।

अस्पतालको विज्ञप्ति

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ९ : ३४ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब