अमेरिकामा तामाङ निर्देशित वृत्तचित्रले जित्यो ‘अलदारी अवार्ड‘ « Khabarhub

अमेरिकामा तामाङ निर्देशित वृत्तचित्रले जित्यो ‘अलदारी अवार्ड‘


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – हिमाली क्षेत्रको भेडी गोठालेको जनजीवनबारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘अ डे इन दि हिमालयन सेफर्ड’ले अमेरिकाको सिकागोमा प्रथम पुरस्कार जित्न सफल भएको छ ।

सिकागोमा गत अगष्ट २८ र २९ तारिखसम्म चलेको आलदारी अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा ‘अ डे इन दि हिमालयन सेफर्ड’ ले प्रथम पुरस्कार प्राप्त गरेको निर्देशक मानछिरिङ तामाङले बताए ।

निर्णायक मण्डलद्वारा उक्त डकुमेण्ट्री सो फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै सो बापत प्रदान गरिने ‘अलदारी अवार्ड’ सहित उत्कृष्ट डकुमेन्टी फिल्म अवार्ड समेत गरी २ वटा प्रदान गरिएको छ ।

आयोजकले लसएन्जलसको एक फिल्म फेष्टिभलमा समेत आफनो वृत्तचित्र एक हप्तासम्म प्रदर्शन गर्न लागेको तामाङले जानकारी दिए ।

पत्रकारिता क्षेत्रमा समेत सक्रिय तामाङले र्निदेशनले गरेको वृत्तचित्र ‘अ डे इन दी लाइफ अफ अ हिमालयन सेफर्ड’ले अमेरिकाको विभिन्न फिल्म फेष्टिभलमा उत्कृष्ट वृत्तचित्र अवार्ड जित्न सफल भएको छ ।

उनले धादिङ जिल्लाको रुबी भ्यालीभेगको भेडापालनलाई आधार बनाएर २० मिनेटको सर्ट फिल्म बनाएका हुन्।

यसअघि पनि उनको सर्ट फिल्मले अमेरिकाको न्युजर्सीमा भएको ‘नेवार्क सर्ट फिल्म’फेस्टिभल’मा ‘बेस्ट डकुमेन्ट्री अवार्ड’ जितेको छ । यस्तै, गत वर्ष २०१९ को अगस्टमा सम्पन्न भएको टोरेन्टो सर्ट फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म’ र ‘बेस्ट म्युजिक’ अवार्ड हात पारेको उक्त डकुमेण्ट्रीले अमेरिकाकै ओहायोमा २०१८ मार्चमा आयोजित ‘कोलोनी इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल’मा ‘बेस्ट डकुमेन्ट्री’को फस्ट रनरअप पनि अवार्ड हात पारेको थियो ।

ट्रियोन इन्टरनेसनल फिल्म फेस्टिभल, सेट इन्टरनेशनल फिल्म फेष्टिबल लण्डन, हड्सन भ्याली फिल्म फेटिबल, न्यूयोर्क, कान्सस सिटी अण्डरग्राउन्ड फिल्म फेष्टिबल र अष्ट्रेलियन इन्डिपेन्डन इन्टरनेसनल फिल्म फेष्टिभललगायतमा उक्त वृत्तचित्र प्रदर्शन भैसकेको छ ।

२० मिनेटको उक्त सर्ट फिल्ममा धादिङको सेर्तुङका ४५ वर्षीय खरिमान तामाङको दैनिकीलाई छायांकन गरिएको छ, जो आफ्ना हजुरबुबा र बाबुको पदचिह्न पछ्याउँदै भेडापालनमा जीवन समर्पित गरिरहेका छन् । कठिन भूगोल र मौसमको चुनौतीसंग कहिले मितेरी लगाउँदै र कहिले जुद्धै खरिमान आफ्ना भेडाको स्याहारसुसार गर्छन् । र, जति नै गाह्रो भए पनि आफ्नो पेशामा गौरव महसुस गर्छन् ।

उनले भेडापालनबाटै पत्नी, दुई छोरा र एक छोरीसहितको परिवारको जीविकोपार्जन गरिरहेका छन् । ‘उनी एक यस्ता बाबु हुन्, जो आफ्ना सन्तानले आफ्नै पदचिह्न पछ्याउलान् या अरू नै पेसा, व्यवसायमा आबद्ध होलान् भन्ने द्विविधामा छन्,’ निर्देशक तामाङले भने, ‘ पुर्खाको निशानी र सन्ततिको भावी बिहानीलाई संयोजन गर्न खोजिरहेका छन् , खरिमान ।’ उनले त्यहॉको थुप्रै खरिमानहरुको जीवनलाई डकुमेण्ट्रीमा न्याय गर्ने प्रयास गरेको बताए ।

निर्देशक तामाङ आफ्नो सर्ट फिल्मले पाएका अवार्डहरूमा गौरव गर्छन् र यसका माध्यमबाट हराउँदै गएको हिमाली भेगको पशुपालन व्यवसायको पक्षमा माहोल बनोस् भन्ने चाहन्छन् ।

‘तथापि, बढ्दो आधुनिकीकरणसँगै यो व्यवसाय असामान्य बन्दै गएको छ’। निर्देशक तामाङ भने, भेडागोठालाहरूका लागि केही राम्रो गर्न सकिएलाकी भन्नेमा आशा लागेको छ ।’

रुविभ्याली मुलकको संघीय राजधानी काठमाडौंबाट नजिक भएर पनि आधुनिक सुविधाहरूबाट वञ्चित छ । सोही परिवेशमा जन्मे, हुर्केका भएकाले पनि निर्देशक तामाङ आफ्नो फिल्मलाई जीवन्त बनाउन सफल छन् ।

संयोग त के भने बैभवशाली अमेरिकामासमेत आफ्नो प्रिय संस्कृतिको जगेर्ना गर्न संकल्पित उनका बाबु र हजुरबुबा पनि सोही क्षेत्रमा भेडापालनमा संलग्न थिए । फिल्मका माध्यमबाट नेपाली तामाङ समुदायको संस्कृति र परम्पराको सौन्दर्य विश्वसामु पुर्‍याउने तामाङको सोच छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ६ : ०३ बजे

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

काठमाडौं– त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित

आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं– प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा

मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत भेटिए

कास्की– मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३०

सिंहदरबारमा गाभिएका मन्त्रालयको नाम परिवर्तन सुरु, अब १८ मन्त्रालय मात्रै

काठमाडौं – सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले दिगो तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सुझाव