ललितपुर झडप : ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने ९ जना पक्राउ « Khabarhub

ललितपुर झडप : ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने ९ जना पक्राउ


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महामारीकाबीच ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा ट्राफिक प्रहरीलाई निर्घाट कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार दिउँसो मच्छिन्द्रनाथको रथ तान्न निस्किएका युवाहरुले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कुटपिट गरेका थिए।

कुटपिटमा संलग्नलाई पक्राउ गरेर ललितपुर प्रहरी परिसरमा ल्याइएको डीएसपी सन्तोष तामाङले जानकारी दिएका छन् ।

मंगलबजार प्रभागमा कार्यरत उनको अल्का अस्पतालमा उपचार भइरहेको छ। अरु चार जना प्रहरी र केही प्रदर्शनकारी पनि घाइते भएको बताइएको छ ।

स्थानीय प्रशासन र ज्यापु समाजको अनुमतिबिनै भेला भएका स्थानीयले रथ तान्न थालेपछि प्रहरीले त्यसलाई रोक्ने क्रममा झडप भएको थियो। झडपका क्रममा प्रहरीको पानीको फोहोरा हान्ने गाडी समेत तोडफोड भएको छ। सो क्रममा प्रहरीले लाठीचार्ज र अश्रु ग्यास पनि प्रहार गरेको थियो ।

सामाजिक दूरी अपनाएर रथ तान्दा पनि प्रहरीले हस्तक्षेप गरेको र परम्परा रोकिएको भन्दै गुठीयारहरु आक्रोशित भएका छ्न । आफ्ना संस्कृति, परम्परामाथि प्रहरीले हस्तक्षेप गरेको स्थानीयको आरोप छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  १० : ४२ बजे

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्‍याे इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित