थाहा पाउनुहोस् पानी पिउने सही तरिका « Khabarhub

थाहा पाउनुहोस् पानी पिउने सही तरिका


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पानी हरेक प्राणीका लागि महत्वपूर्ण पदार्थ हो । जीउन अत्यावश्यक पनि छ । आयुर्वेद र योगमा पानीलाई भोजनभन्दा पनि महत्वपूर्ण मानिन्छ ।

हाम्रो शरीर करिब ७० प्रतिशत हिस्सा पानीले बनेको हुन्छ । शरीरमा हरेक दिन ६ देखि १० गिलाससम्म शरीरकालागि पानी आवश्यक पर्दछ । तर नियमिति पिइने पानी सेवनको सही तरिका थाहा नहुदाँ पानी पिउदा पनि हानी हुनसक्छ ।

थाहा पाउनुस् पानी पिउने सही समय र तरिका :
– खाना खाएलगतै वा खानुअघि पानी पिउनुहुँदैन । यसले पाचन रसमा असर पुर्याउँछ ।
– खानाअघि वा पछि पानी पिउँदा कब्जियत, अपच जस्ता समस्याहरु देखा पर्नसक्छ ।
– त्यसैले खाना खाएको दुईघण्टापछि मात्र पानी पिउनु स्वास्थ्यको लागि उपयुक्त मानिन्छ ।
– पानी पिउँदा उभिनु हुदैन यसले घुँडामा समस्या हुन सक्छ ।
– पानी पिउँदा जहिल्यै बसेर मात्रै पिउनुपर्छ ।
– पानी पिउँदा कहिल्यै सुतेर पिउनु हुँदैन अन्यथा सर्किन सक्छ ।
– बत्ति नबालिकन अँध्यारो समेत पनि पानी पिउनु हुँदैन ।
– पानी पिएपछि पहिलो सास नाकबाट नभइ मुखबाट छोड्नु उपयुक्त मानिन्छ ।
– एकैचोटी धेरै पानी पिउनु हुँदैन यसले पाचन प्रक्रियामा खराबी आउन सक्छ ।
– अत्यन्त गर्मी वा दिशापिसाब गरे लगत्तै समेत पानी पिउनु हानिकारक मानिन्छ ।
– बिहान शौचालय जानुअघि पानी खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ ।
– चिसो पानी शरीरले पचाउन गाह्रो हुने भएकाले धेरै चिसो पानी पिउनु हुदैन ।
– ठिक्क तातो पानी चाँडै पच्ने गर्दछ त्यसैले विरामीलाई तातो पानी खुवाउनु पर्दछ ।
– प्यास लाग्नासाथ पानी पिउन हतारीनु हुँदैन । केहिबेर रोकिएर मात्र पिउनु पर्दछ ।
– खाली पेटमा प्यास लागे केही खाएर मात्र पानी पिउनु उपयुक्त मानिन्छ ।
– राति निन्द्राबाट उठेर एक्कासी पानी पिउँदा ज्वरो आउने सम्भावना हुन्छ ।
– पानी पिए लगतै दौडिने वा खेल्ने गर्नुहुँदैन ।
– तनावमा पानी पिउनु राम्रो मानिँदैन त्यसैले शान्त भएर पानी पिउनु राम्रो हुन्छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  २ : १४ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी