थ्रीडी टेक्नोलोजीसहित ‘नेपाल–भारत फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो र कन्क्लेभ’ आयोजना गरिने « Khabarhub

थ्रीडी टेक्नोलोजीसहित ‘नेपाल–भारत फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो र कन्क्लेभ’ आयोजना गरिने


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय राजदूतावास, काठमाडौंले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रेन्चाइज डट कमसँगको सहकार्यमा आउँदो असोज ३० देखि कार्तिक २ गतेसम्म दोस्रो नेपाल–भारत फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो र कन्क्लेभको आयोजना गर्ने भएको छ ।

तीन दिने सम्मेलनको आयोजना यसै कार्यक्रमका लागि विशेष रुपले तयार पारिएको थ्रीडी टेक्नोलोजीसहितको भर्चुअल प्लेटफर्म मार्फत गरिने दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

सम्मेलनको पहिलो संस्करण गतवर्षको मे २०१९ मा सम्पन्न भएको थियो । उक्त सम्मेलनले राम्रो प्रतिक्रिया पाएको थियो । सम्मेलनमा भारतका ७० तथा नेपालका २० वटा अग्रणी ब्राण्डहरुको सहभागीता रहेको थियो ।

नेपालका दुई हजार भन्दा बढी उद्यमीहरुको सहभागीता रहेको उक्त सम्मेलनले यी ब्राण्डहरुसँग सहकार्य तथा व्यापार विस्तार गर्ने अवसर प्रदान गरेको थियो । सो सम्मेलनमा ५० भन्दा धेरै व्यापार साझेदारी सहकार्य सम्पन्न भएको थियो ।

दूतावासले भारत र नेपालमा स्टार्टअप व्यापार व्यवसाय तीव्र रुपमा बढिरहेको जनाएको छ । ‘नयाँ उद्यमीहरुलाई आफ्नो व्यापार व्यवसायलाई चाँडो सुरु गर्न अवसर प्रदान गर्ने भएकोले पनि यस्ता कार्यक्रमबाट दुवै तर्फका ब्राण्ड तथा फ्रेन्चाइजहरुले प्रचुर मात्रामा लाभ उठाउन सक्छन्’ दूतावासले विज्ञप्तिमार्फत जनाएको छ, ‘यस्ता कार्यक्रमले नव उद्यमीहरुलाई घरेलु अर्थतन्त्रमा सफलता हासिल गरेका ब्राण्डहरुसँग मिलेर कसरी आफ्नो ब्राण्डलाई अगाडि ल्याउनेबारे बुझ्न मद्दत गर्दछ ।’

यस पटकको दोस्रो संस्करणको सम्मेलनले भारतका प्रतिष्ठित ब्राण्डलाई नेपालमा ल्याउन र नेपालका ब्राण्डलाई भारतमा पुर्‍याउने दूतावासले जनाएको छ । ‘एक अर्काको अर्थतन्त्रमा यस्ता ब्राण्डहरुको प्रवेशले लगानी भित्राउने मात्र नभई प्रविधि तथा व्यवहारिक ज्ञानको आदानप्रदानलाई समेत प्रेरित गर्नेछ,’ दूतावासको भनाइ छ ।

साथै दूतावासले नेपालको व्यापारिक क्षेत्रसँग समृद्धिको पथमा सँगै हिड्न भारत प्रतिबद्ध रहेको पनि जनाएको छ । आफ्नो ब्राण्डलाई अगाडि ल्याउन चाहने वा फ्रेन्चाइजको खोजीमा रहेका इच्छुक सबैले यो वेबसाइटमा गई दर्ता गराउन सक्ने पनि जनाइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ६ : ०८ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको