प्रधानमन्त्री ओलीको पिसिआर रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको पिसिआर रिपोर्ट नेगेटिभ

प्रधानमन्त्रीलाई जोखिम कति ?


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको निकटमा रहेर काम गर्ने उनको सचिवालयका चार जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको अवस्थाका बारेमा चासो बढेको छ ।

प्रधानमन्त्री ओलीको पिसिरआर रिपोर्ट भने नेगेटिभ आएको छ । सचिवालयका सदस्यहरुको भन्दा एक दिनअघि, बिहीबार, स्वाब लिएर गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका चिकित्सक डा दिलीप शर्माले बताए ।

प्रधानमन्त्रीलाई जोखिम कति ?

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार सहित सचिवालयका चार सदस्य एकैपटक कोरोना संक्रमण भएपछि प्रधानमन्त्रीलाई जोखिम कति छ भन्ने चासो बढेको छ ।

अङ्ग प्रत्यारोपण गराएका व्यक्तिहरु कोरोना संक्रमणको उच्च जोखिममा हुने र बढी जटिलता हुने विज्ञहरुले बताउँदै आएका छन् । यस्ता व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ भनिएको छ । सात महिनाअघि ६८ वर्षीय प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गराएका थिए । यसैकारण प्रधानमन्त्रीको अवस्थाबारे चासो भएको हो ।

डा. शर्माले भने, ‘संक्रमणको जोखिम सबैलाई छ । अहिले प्रधानमन्त्रीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कोरोनाबाट जोगिन सबै सधैँ सचेत रहनुपर्छ ।’

नेपालमा कोरोना संक्रमण दर बढ्दै गएकोले सबैले विशेष सावधानी अपनाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रमुख राजनीतिक सल्लाहकार रिमालले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै सम्पर्कमा आउने सबैले आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका छन् ।

प्रेस सल्लाहकार थापाले फेसबुकमा स्टाटस लेख्दै आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले आफूसँग सम्पर्कमा रहेका सबैले विशेष सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।

शुक्रबार लिइएको उनीहरुको स्वाब परीक्षणको रिपोर्ट शनिबार अपराह्न आएको हो । प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंहको पनि केही दिनअघि पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६५ जना सुरक्षाकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको छ । बालुवाटारमा खटिएका नेपाली सेनाका २८, नेपाल प्रहरीका १९ र सशस्त्र प्रहरीका १८ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ७ : ०१ बजे

बाढीले फोक्सिङटार पुलबगाएपछि झोलुङ्गे पुल मर्मत गरिँदै

खोटाङ– यही असोज १२ गते आएको  बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्गे

धान पसाउने बेलामा बोट सुकेपछि किसान चिन्तित

पाल्पा– पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको

‘अग्नीदहन’ को टिजर सार्वजनिक

काठमाडौं– आगामी मंसिर ७ गते रिलिज हुने फिल्म ‘अग्नीदहन’को टिजर

दक्षिणसँगका सबै सीमा बन्द गरेको उत्तर कोरियाको घोषणा

सियोल– उत्तर कोरियाले दक्षिण कोरियासँगका सीमा पूर्ण रुपमा बन्दको घोषणा

‘लेकाली’को ५७ वर्ष : आफ्नै डम्फू, आफ्नै ताल

नेपाली संगीतमा मास्टर मित्रसेन, मेलवादेवी, मास्टर रत्नदास प्रकाशका पुस्तापछि धर्मराज