प्रधानमन्त्रीका सल्लाहकारसहित बालुवाटारमा कार्यरत अन्य ७६ जनामा कोरोना संक्रमण « Khabarhub

प्रधानमन्त्रीका सल्लाहकारसहित बालुवाटारमा कार्यरत अन्य ७६ जनामा कोरोना संक्रमण


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्रोतले प्रधानमन्त्रीका सल्लाहकारहरू, सुरक्षाकर्मी, सचिवालयमा कार्यरत कर्मचारी, चालकसहित ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

यसअघि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, फोटो ग्राफर राजन काफ्ले लगायतलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि सामाजिक सञ्जालमार्फत विष्णु रिमाल, राजन भट्टराई, सूर्य थापा र राजन काफ्लेले आफू कोरोना संक्रमित भएको र सम्पर्कमा आएकालाई सचेत रहन आह्वान गरेका थिए ।

प्रधानमन्त्री ओलीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बालुवाटारमा कार्यरत ७६ जनामा एकैपटक संक्रमण भएको रिपोर्ट आएपछि उनीहरुको सम्पर्कमा रहेका धेरै कन्ट्याक्ट ट्रेसिङ गरिने भएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ७ : ४८ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता