बाँकेमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु | Khabarhub Khabarhub

बाँकेमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा – बाँकेमा कोरोना सङ्क्रमणबाट आज साँझ थप एक पुरुषको मृत्यु भएको छ ।

मधुमेह, उच्चरक्तचाप र मुटु रोगबाट पीडित नेपालगञ्ज उपमहानगरपालिका–१२ का ६० वर्षीय पुरुषको उपचारकै क्रममा भेरी अस्पतालमा साँझ ४ बजेर ५६ मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, स्वास्थ्यमा समस्या आएपछि असोज १५ गते बिहान १० बजे भेरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएको उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत विरामीको अवस्थामा सुधार आउन नसकेर उपचारकै क्रममा उनको मृत्यु भएको कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ८ : ५२ बजे

मनाङ प्रदेशसभामा उपनिर्वाचनका लागि सर्वोच्चले खोलिदियो बाटो

काठमाडौँ- मनाङ प्रदेशसभा क्षेत्र नं. २ मा आगामी कात्तिक १७

वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय गर्ने

जनकपुर– वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय तथा

पशुपतिनाथमा तीजको तयारी पूरा

काठमाडौं– हरितालिका (तीज) पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा

सुरक्षा निकायका कार्यालयहरूलाई २६ थान सवारिसाधन वितरण

महेन्द्रनगर– मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशस्थित

भियतनामी उपराष्ट्रपति पुगिन् पाटन दरबार स्क्वायर (तस्बिरहरू)

ललितपुर- नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेकी  भियतनामका उपराष्ट्रपति वो