कांग्रेस पदाधिकारी बैठक स्थगित, १ बजे केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै « Khabarhub

कांग्रेस पदाधिकारी बैठक स्थगित, १ बजे केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । प्रतिनिधिसभा सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको हो ।

केसीको गएराति ६३ वर्षको उमेरमा कास्कीको पोखरास्थित घरमै निधन भएको थियो । पदाधिकारी बैठक बस्‍ने समयमै केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेर सांसद केसीको निधनप्रति शोक प्रस्ताव पारित गरिने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलले भने, “नेपाली कांग्रेसको परम्पराअनुसार केन्द्रीय समितिको आकष्मिक बैठक १ बजे बसेर शोक प्रस्ताव पारित गर्छौं । अन्य विषयमा छलफलले प्रवेश पाउँदैन ।”

यसअघि सोमबारबाट सुरु भएको पदाधिकारी बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी कार्यालयमा दर्ता गरेको विरोध पत्रमा छलफल हुने बताइएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ११ : २४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै