सांसद केसीको निधनप्रति दुःख व्यक्त « Khabarhub

सांसद केसीको निधनप्रति दुःख व्यक्त


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य, सङ्घीय सांसद एवं उद्योगी सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

विशिष्ट समाजसेवीको समेत पहिचान बनाएका केसीको गए राति पोखरास्थित आफ्नै निवासमा निधन भएको हो ।

सभापति देउवाले सामाजिक सञ्जालमार्फत उनको निधनको खबरले आफूलाई अत्यन्तै दुःख लागेको उल्लेख गर्दै केसीको निधनले कांग्रेसले एक अग्रज नेता र देशले एक राजनीतिकर्मी मात्र नभई सफल व्यवसायी, समाजसेवी र कर्मशील व्यक्तित्व गुमाएको बताएका छन् ।

सभापति देउवाले दुःखको यस घडीमा मृतक केसीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

यसैगरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सांसद एवं पार्टीका आमन्त्रित केन्द्रीय सदस्य केसीको निधनको खबरले अत्यन्तै दुःख लागेको उल्लेख गरेका छन् ।

निष्ठा, लगन र अनवरत कर्मले केसीको व्यक्तित्व अग्लिएको उल्लेख गर्दै नेता पौडेलले कास्केली जनताको सुख दुःखमा उनको साथ र सहयोग रहेको बताएका छन् । नेता पौडेलले स्व केसीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

कांग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले पनि पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य केसीको निधनको खबरले मर्माहत बनाएको उल्लेख गर्दै शोकको यस घडीमा केसी परिवारप्रति समवेदना तथा दिवङ्गत आत्माप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १२ : १० बजे

कानुनविपरीत व्यापार व्यवसाय गरेको भन्दै दुई फर्मलाई जरिवाना

काठमाडौं– कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : सभापति थापाको राजीनामा स्वीकृत होला ?

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै छ

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न काठमाडौं महानगरको दुई करोड अनुदान

काठमाडौं– काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य

विभिन्न भागमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि