किशोरी बलात्कार आरोपमा प्रहरीविरुद्ध मुद्दा « Khabarhub

किशोरी बलात्कार आरोपमा प्रहरीविरुद्ध मुद्दा


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोली- डोटीमा प्रहरी जवानले नै किशोरी बलात्कार गरेको आरोपमा मुद्दा परेको छ ।

जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको पीडित बालिकाको उजुरीका आधारमा प्रहरी जवान सिंहविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

प्रहरी जवान सिंहले तीन महिनादेखि शारीरिक सम्बन्ध राखेको किशोरीले आरोप लगाएकी छन् । प्रहरी जवान सिंहले यही कात्तिक १३ गते राति किशोरीलाई बलात्कारपछि हत्या प्रयास गरेको पीडित किशोरीका आफन्तले आरोप लगाएका छन् ।

राति ११ बजे किशोरीको घरमै पुगेर सिंहले बलात्कार गरी रूखमा झुण्ड्याएर हत्या प्रयास गरेको पीडित किशोरीका बुवाको भनाइ छ ।

‘अचेत अवस्थामा भेटिएकी छोरीलाई बोकेर उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा गएर उपचारपश्चात होस आएपछि सोमबार बल्ल बलात्कारको मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय आएका हौँ’ किशोरीका बुवाले भने, ‘नागरिकको सुरक्षाका लागि खटिएका प्रहरीबाट यस्तो हुन्छ भने अरुबाट के आश गर्नु, हामीले न्याय पाउनुपर्छ ।’

किशोरीको घाँटीमा दोपट्टाले लगाएको फाँसीको घाउ प्रष्टै देखिने भएकाले घटनाको सत्यतथ्य बुझ्नका लागि अधिकृतको कमाण्डमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १२ : २५ बजे

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका